Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मिसन ८४ होइन भिजन ९५ भन्नुपर्ने : बिश्वप्रकाश शर्मा

bk logo final png
  • BAGLUNGKHABAR
  • १ पुष २०८०, आईतवार १८:५७

बागलुङ, ३० मंसिर । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले देश बिकासको लागि मिसन ८४ होइन भिजन ९५ भन्नुपर्ने बताएका छन ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा प्रती ईगींत गर्दै ८४ मात्रै नभई यस अघी र पछि पनि चुनाव हुने बताए । ‘मिसन २०८४ किन भन्ने ? चुनावको बेलै नआइ किन मिसन भन्नुपर्यो’, उनले भने,’जनताले मिसन २०८४ भन्नेहरुलाई जहिले चुनावको चिन्ता गर्छौ, तिम्ले देश बिकासको चिन्ता कहिले गर्छौ ? भनेर प्रश्न गर्नुपर्छ ।’

उनले ६ कक्षामा अध्ययन गर्ने छोराछोरीलाई चार बर्ष पछि आउने एसईईको बारेमा तयारी गर्न लगाउन नहुने बताए । ‘चार बर्षपछिको लागि तयारी नभई अहिलेको लागि नै तयारी गर्नुपर्छ,’ शर्माले भने,’अब्बल बिद्यार्थी त्यो होईन जसले परिक्षाको चिन्ता गर्छ, अब्बल त्यो हो जसले पढाईको चीन्ता गर्छ ।’

उनले देशको चिन्ता गर्नुपर्ने र त्यसको लागि भिजन २०९५ को लागि सबै दलले तयारी गर्नुपर्ने बताए । ‘देश भुकम्पिय जोखिममा छ । त्यसैले भिजन २०९५ को तयारी गरेर भुकम्पिय जोखिममा रहेको देशमा ७ रेक्टरको भुकम्प आएपनि १ वटा पनि घर भत्किदैन भन्ने गराउँ, शर्माले भने,’ भिजन २०८४ होइन भिजन आत्मसम्मानको होस् ।’ मिसन ०८४ नभई भिजन ९५ भनेर देशका लागि दलहरूले काम गर्नु आगामी १५ बर्षमा देशलाई कुन ठाउ सम्म पुयाउने भनेर लाग्नु पर्ने शर्माले बताए । शर्माले जनतले अब नयाँ दल होइन नयाँ भिजन खोज्नुपर्ने बताए ।

शर्माले देशमा केही नभएको हल्ला गरेपनी बिकास भइरहेको बताए । ‘देश बिकासको लागि अझै गर्नुपर्छ र गर्न सकिन्छ,’ शर्माले भने,’गाली मात्र गरेमा देश बन्दैन समन्वय गरेर मात्र देश बन्छ ।’ उनले देश बिकासको लागि काङ्रेसले सबैलाई समन्वय गरेर जाने बताए ।

शर्माले राजा हुँदा देशको ९ प्रतिशत नागरिकका घरमा पुगेको विद्युतीकरण अहिले ९५ प्रतिशत नागरिकसम्म पुगेको भन्दै शर्माले यो व्यवस्थामा केही पनि भएन भन्ने गलत भएको बताए । नेपालको समृद्धिमा यहाँका नागरिकलाई मालिक बनाउनेगरी योजनाको विकास सक्नुपर्ने उनको भनाई छ । ‘हामीले यहाँको माथिबाट बग्ने उत्तरगंगा हाइड्रो पावर बनाउँदै गर्दा झापाको विश्वप्रकाशले सेयर हाल्ने तर यहाँका नागरिकले बत्ती मात्रै देख्ने होईन यहाँका नागरिकले पनि सेयर हालेर त्यसबाट आम्दानी हुन थालेपछि आफ्नो अरबमा रहेको छोरालाई घर फर्क भन्ने वाताबरण बनाउनुपर्छ,’ उनले भने,‘हामीले खोजेको समृद्धिमा सबै जनता मालिक हुने हो ।’

स्थानीय सरकारको रुपमा काठमाडौं र धरानका चर्चा गरिरहँदा ललितपुरलाई पनि भुल्न नहुने बताए । ‘बालेनजीले राम्रै काम गर्नुभएको छ, काँग्रेसको मञ्चबाट उहाँको कामको प्रशंसा गर्दा फरक पर्दैन, हर्क साम्पाङले पानी ल्याउनुभएको छ,’ उनी भन्छन्,‘यति भन्दै गर्दा नेपाली काँग्रेसबाट निर्वाचन जितेका ललितपुरका चिरीबाबु महर्जनले पनि राम्रो काम गर्नुभएको छ । त्यसलाई भुल्न हुँदैन ।’

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki