बागलुङ, २२ मंसिर । बागलुङ नगरपालिकाको आयोजनामा शुक्रबारदेखि नगरपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
सुरुमा गणेश माविले अग्रता लिएको छ । माविले १ सय मिटर दौडमा छात्र र छात्रा दुवैमा स्वर्ण पदक जितेको हो । छात्र तर्फ प्रतिक थापा र छात्रा तर्फ पुनम पौडेलले स्वर्ण जितेका हुन् ।
यस्तै १ सय मिटर छात्र दौडमा अमर आदर्शका उज्वल रुचालले रजत र न्यू एभरेष्ट एकेडेमीका प्रदिप परियारले कास्य पदक जिते । त्यस्तै छात्रा तर्फ चिल्ड्रेन लाइफकी रिवा ठकुरीले रजत र युएस एकेडेमीकी साधना आचार्यले कास्य पदक जितिन् ।
शुक्रबार भएको १ हजार ५ सय मिटर छात्र दौडमा सिगामा माविका रबी विकले स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दुरी ५ मिनेट ४ सेकेण्डमा पुरा गरे । यस्तै ५ मीनेट १५ सेकेण्डमा दुरी पार गरेर बिद्यामन्दिर माबिका सागर नेपालीले गरेर रजत र ५ मीनेट ३५ सेकेण्डमा दुरी पार गरेर चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका आमोद जिसीले कास्य पदक प्राप्त गरे ।
यस्तै १ हजार ५ सय मिटर छात्रा दौडमा मुलपानी माबिकी मनिषा दर्जीले ६ मीनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण पदक जितिन् । गणेश माबिकी सनम शाहनीले ६ मीनेट ५३ सेकेण्डमा दुरी पार गरेर रजत र चिल्ड्रेन लाइफकी अंशु गिरीले ७ मीनेट ६ सेकेण्डमा दुरी पार गरेर कास्य पदक जितिन् ।
प्रतियोगितामा शुक्रबार भलिबलका चार खेल सम्पन्न भएका छन् । पहिलो चरणका खेलमा न्यू ओएसिस एकेडेमी, धवलागिरि विरेन्द् मावि, होलीचाइल्ड बोर्डिङ स्कुल र रुद्रेपिपल माविले विजयी सुरुवात गरेका हुन् । न्यू ओएसिसले कालिका कन्या माविलाई २–० को सोझो सेटमा पराजित गर्यो । ओएसिस पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१५ ले जितेको थियो ।
यस्तै कँुडुले माविले धवलागिरी माविलाई पहिलो सेट २५–१३ र २५–९ को सोझो सेटमा पराजित गरेको थयोभने होलीचाइल्ड बोर्डिङ स्कुलले न्यू एभरेष्ट एकेडेमीलाई २५–८ र २५–६ को सोझो सेटमा पराजित गरेको थियो । यस्तै चौथो खेलमा रुद्रेपिपल माविले तितौरे माविलाई २५–१९ र २५–१२ को सोझो सेटमा पराजित गर्यो ।
प्रतियोगिताको शुक्रबार बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।