Skip to content

follow us

baglungkhabar.tv

17th May 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

साप्ताहिक राशिफल (राशिअनुसार तपाईंको यो साताको भाग्य हेर्नुहोस्)

bk logo final png
  • BAGLUNGKHABAR
  • ११ मंसिर २०८०, सोमबार ०७:५२

२०८० साल मंसिर १० गते आइतबार देखि १६ गते शनिबार सम्मको साप्ताहिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पुँजी बजारमा लगानी गर्दा पछि फाइदा हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हरियो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम सम्बन्धमा पनि सफलता पाइनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अग्रज जनाको आशीर्वाद लिई कार्य गर्नाले सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । महत्त्व पूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ । मध्य साताबाट आतिथ्यपूर्ण सम्मान पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पुँजी बजारबाट लाभनै मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक लाभ र सफलता हात पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता स्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनोरञ्जनका कार्यमा रुचि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । रोजगारको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व क्ष्म्मीनारायणको दर्शन गरी कार्य गर्दा राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो सातामा धार्मिक यात्राको योग छ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग कालो सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साताको सुरुका दिनमा धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । अध्ययनमा रुचि जाग्नुका साथै नयाँ कमको योग रहेको देखिन्छ । धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । मालसामान हराउन सक्छ । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । साताको अन्त्यमा विशेष यात्राका अवसरहरू मिल्नेछन् । टाढिएका मित्रसँग नजिकिने समय पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता प्राविधिक कार्यबाट सफलता मिल्नेछ । नयाँ वस्त्र या उपहार पाइनेछ । प्रेम र मित्रताको सुखमा रमाउने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । वैदेशिक कार्य अघि बढ्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । रमणीय र सुखद् यात्राको योग पनि छ । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पर्पल वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो हप्तामा लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् । कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । भौतिक वास्तु खरीद बिक्रीको योग पनि छ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च बढ्न सक्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो हप्तामा आज मङ्गल कार्यको योग छ । रमणीय र सुखद् यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । नसोचेको ठाउँबाट धन हात पर्नेछ । कला, साहित्य तथा लगानीको सम्भावना छ र फाइदा नै हुनेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ, तर निर्णायक क्षमतामा कमी आउनेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सुन्तलारङ हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । गरेको काममा ढिलासुस्ती हुनेछ । पुँजी बजारमा नोक्सानी हुनसक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ । चलाखीपूर्ण बोलीले काम सफल हुनसक्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता शुभकार्यको चर्चा चल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । शेयर कारोबारमा लगानी गर्दा पछि फाइदा मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।

राशिफल जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

लोकप्रिय

आजको राशिफल

नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

भर्खरै
लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki