Skip to content

follow us

baglungkhabar.tv

29th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

वर्तमान साहित्य र पुस्तक लेखनबारे विचार विमर्श

bk logo final png
  • BAGLUNGKHABAR
  • ८ मंसिर २०८०, शुक्रबार १८:५६

सिराज खान
नेपालगन्ज, ८ मङ्सिर । नेपालगञ्जमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी वरिष्ठ साहित्यकारहरुले वर्तमान साहित्य र पुस्तक लेखनबारे विचार विमर्श गरेका छन्।

क्रिएटिभ ह्याण्डले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रसिद्ध आख्यानकार नयनराज पाण्डेले वर्तमान समयलाई प्रामाणिक र विश्वसनीय तरिकाले इमानदारीपूर्वक लेख्न सकियो भने मात्रै साहित्य र पुस्तक लेखन प्रभावकारी हुने बताउनुभयो । उहाँले अहिले साहित्यमा धेरै विषयहरु आइरहेको जनाउँदै मधेसका कुरा, पहिचानका कुरा लगायतका धेरै विषयमा साहित्य लेख्ने कार्य भइरहेको बतउनुभयो ।

सोही प्रकारले २०७९ का मदन पुरस्कार विजेता उपन्यासकार विवेक ओझाले जहाँबाट अखबारको यात्रा सकिन्छ त्यसपछि आख्यानको यात्रा सुरु हुने जनाउँदै खबरमा नआउने कुरा आख्यान लेख्नुपर्ने बताउनुभयो । उहाँले साहित्य र पुस्तक लेख्दा बजारमुखी हुन जरुरी रहेको जनाउँदै पाठकको रुचिलाई पनि ध्यान दिनु जरुरी छ भन्नुभयो ।

यस्तै, अर्का उपन्यासकार सुबिन भट्टराईले राम्रा पुस्तकको आयु आख्यानको गुणवत्ताले निर्धारण गर्ने जनाउँदै चर्चालाई हेरेर मात्रै निर्क्योल गर्न नसकिने बताउनुभयो । उहाँले लेखकले कुनै कथालाई थाहा पायो र त्यसलाई आफूले लेख्न सक्छु भन्ने लाग्यो भने आफैँ यथास्थानमा पुगेर लेख्नुपर्ने बताउनुभयो । सोही प्रकारले चर्चित अभिनेत्री सुरक्षा पन्तले पछिल्लो समय आफूले शून्यको मूल्य पुस्तक पढेको बताउँदै त्यसले उठाएको कर्णालीका महिलाहरुको सङ्घर्षका कथा धेरै मन परेको बताउनुभयो । उहाँले सिनेमा क्षेत्रमा लेखनकै सबैभन्दा बढी समस्या रहेको जनाउँदै राम्रा पुस्तकलाई सिनेमा बनाउँदा पनि राम्रो टिम भएन भने असफल हुने बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki