Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एकै परिवारका तीन जनाको शव तीन चिता बनाई दाहसंस्कार

bk logo final png
  • BAGLUNGKHABAR
  • ८ मंसिर २०८०, शुक्रबार १८:४८

धनकुटा, ८ मङ्सिर । धनकुटा नगरपालिका–१ स्थित निगालेमा डेरा गरी बस्दै आएका एकै परिवारका तीनजनाको शव आज तीन चिता बनाई दाहसंस्कार गरिएको छ ।

स्थानीय ३५ वर्षीय टिकाराम गुरुङ, उहाँकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ्ग र १० वर्षीय छोरा आयुष गुरूङ्गको शव पोष्टमार्टम पछि आफन्तले बुझी दाहसंस्कार गरेका हुन् ।

टिकाराम झुण्डिएको अवस्थामा मृत भेटिनु भएको थियो भने उहाँकी श्रीमती भीमा र छोरा आयुष पनि घरभित्रै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनु भयो ।

उहाँका अनुसार जिल्ला अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको हो । मानिकलाल श्रेष्ठको घरमा भाडामा बस्दै आउनु भएका टिकारामले श्रीमती र छोराको हत्या गरी नजिकैको छिमेकीमा लगेर आफ्नी ६ वर्षीया छोरीलाई छोडी आफू आएर झुण्डी आत्महत्या गरेको स्थानीयको भनाइ छ ।

संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएका गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेका श्रेष्ठको खाली घरमा बस्दै आउनु भएको थियो ।

ज्याला मजदुरी गर्दै आफ्नो गुजारा चलाउँदै आउनु भएका टिकारामको परिवारमा रहेका चारजना मध्ये ६ वर्षीय छोरी आशिकाबाहेक सबैजना मृत भेटिएका थिए । छोरी आशिकाले घरमा बुवाआमाबीच झगडा भएको भन्दै छिमेकीलाई सुनाएपछि घटना थाहा भएको स्थानीय गौतम थापाले जानकारी दिनुभयो ।

बुधवार राति करिब १ बजे घटना भएको अनुमान गरिएको छ । घटनाको प्रकृति हेर्दा झगडाका क्रममा टिकारामले श्रीमती र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सधैँभरी रक्सी पिएर घरमा आएर झगडा गर्ने गुरूङ्ग परिवारको झगडाको कारण भने खुल्न सकेको छैन । यसअघि पनि पटक पटक यस घरमा र घर परिसरमा मृत्युका घट्ना भइरहेकाले प्रशासनले आगामी दिनमा यस घरलाई बास बस्न बन्देज गरी यस घरको निगरानी गरिदिन स्थानीयको माग छ । गोरखापत्रमा समाचार रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki