Skip to content

follow us

baglungkhabar.tv

7th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपाली छ महिनापछि सामाजिक सञ्जाल मार्फत सार्वजनिक

bk logo final png
  • BAGLUNGKHABAR
  • ६ मंसिर २०८०, बुधबार ०८:३९
बागलुङ, ६ मंसिर । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपाली फरार भएको छ महिनापछि सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक भएका छन् । नेपालीले मंगलबार आफ्नो फेसबुक आईडीमा भिडियो र दुई पेज लामो बक्तव्य सहित आफ्नो र श्रीमतीको नाममा रहेको सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

नेपालीले बक्तव्य मार्फत आफ्नो सम्पूर्ण सम्पत्ति बचतकर्ताहरुको नाममा हस्तान्तरण गर्न चाहेको र त्यसको वातावरण मिलाईदिन कानुनी निकाय, राजनीतिक दल, नागरिक समाज पत्रकार र विभिन्न सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । नेपालीले बचतकर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् । उनले आफ्नो घरमा हतियार सहित ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडौको घर मागेकोले आफू वेपत्ता हुनुपरेको स्पष्टीकरण दिएका छन् ।

उनले आफ्नो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफूलाई असहयोग गरेको बताएका छन् । नेपालीले सहकारीको समस्या समाधानको लागि इमेज पीडित संघर्ष समितिले धेरै दुःख पाएको आफूले राम्रोसँग बुझेको बताउँदै समितिलाई दश हजार हुने बचतकर्ताले दश लाखको निवेदन दिएको बताएका छन् । ‘इमेज सहकारीको समस्या समाधान गर्नको लागि संघर्ष समितिमा रहनुभएका साथीहरुलाई मेरो हृदयदेखी धन्यवाद दिन चाहन्छु । तपाईहरु पनि सहकारी समस्या समाधानको लागि धेरै दुःख पाउनुभएको छ मैले राम्ररी बुझेको छु,’ उनले भनेका छन्,‘ समितिका साथीहरुलाई के जानकारी गराइन्छ कि कतिपय डिपोजिटकर्ता साथीहरुले खातामा दश हजार हुने साथीहरुले दश लाखको निवेदन पनि गरेका छन् । कतिपयले ५० लाख फिक्समा भएकाले ९० प्रतिशत कर्जा मार्फत फिर्ता लगेका छन् तर ५० लाखकै दाबी निवेदन गरेका छन् । त्यसै कारणले इमेजमा २ अर्बको डिपोजिटको हल्ला छ । त्यो सत्य होईन त्यसमा समितिका साथीहरुलाई बुझन जरुरी छ ।’ उनले इमेजबाट ऋण लगेका शेयर सदस्यहरुले ऋण लगेको छैनौं भनी अटेर गरेको अवस्था समेत रहेको बताएका छन् ।

ढोरपाटन नगरपालिकाका नगरप्रमुख समेत रहेका नेपालीले आफू नगरप्रमुख भएर वुर्तिवाङमा बस्दा सहकारीमा समय दिन नसकिएको स्विकार गरेका छन् । नेपालीले आफ्नो र श्रीमतीको नाममा बागलुङ, बुर्तिबाङ, पोखरा र काठमाडौंमा १८ वटा घर र ४४ कित्ता जग्गा भएको जानकारी दिँदै सबै घरको फोटो समेत सार्वजनिक गरेका छन् । उनले उक्त घरहरु विक्री गरेर बचतकर्ताहरुको बचत फिर्ता गर्ने बताएका छन् ।

गत कात्तिक ३० गतेको मिति राखेर प्रकाशन गरेको विज्ञप्ति सार्वजानिक गर्दै नेपालीले नेपालीले समस्या समाधानका लागि सहजीकरण गरिदिन सबैलाई आग्रह समेत गरेका छन् । उनले ढोरपाटन नगरपालिकाका मतदातालाई सम्बोधन गर्दै सेवामा छिट्टै आउने समेत बताएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

लोकप्रिय

महिला समूहलाई बाख्रा उपहार

बालविवाहमुक्त योजना कागजमै सीमित

नेकपा सचिवालयको बैठक भदौ १८ गतेलाई सर्यो

म्याग्दी खोला जलविद्युतआयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

भर्खरै

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki