Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आइसिसी एकदिवसीय विश्वकप ड्रिम टोली सार्वजनिक

bk logo final png
  • BAGLUNGKHABAR
  • ५ मंसिर २०८०, मंगलवार ०७:३३

काठमाण्डौं, ५ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार आइसिसी एकदिवसीय विश्वकप ड्रिम टोली सार्वजनिक गरेको छ । ड्रिम टोलीमा अस्ट्रेलियालाई विश्व च्याम्पियन बनाएका कप्तान प्याट क्युमिन्स समावेश छैनन् । उपविजेता भारतका रोहित शर्मालाई कप्तानी बनाइएको छ ।

आइसिसीले आफ्नो ड्रिम टोलीमा भारतका सर्वाधिक ६ खेलाडीलाई स्थान दिएको छ । भारतमा एक महिनासम्म चलेको प्रतियोगितामा विश्व च्याम्पियन टोलीका दुई खेलाडी अटाएका छन् । यसैगरी, श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाका समान एक खेलाडी समावेश छन् । आइतबार नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले भारतलाई फाइनलमा ६ विकेटले हराएको थियो ।

क्विन्टन डी कक (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकाका ओपनर तथा विकेटकिपर डी ककले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यद्यपि, अस्ट्रेलियाविरुद्धको महत्वपूर्ण सेमिफाइनल खेलमा उनी चुके । समग्रमा विकेटकिपिङदेखि ब्याटिङसम्म उनको प्रदर्शन अब्बल रह्यो । उनले एकदिवसीय विश्वकप दौरान चार शतकीय इनिङ्स खेलेका थिए । मुम्बईको बाँखडे रंगशालामा उनले बंगलादेशविरुद्ध १७४ रनको उतकृष्ट इनिङ्स खेले । उनले प्रतियोगिताभरि १०७.०२ को स्ट्राइकमा ५९४ रन बनाए । उनले विश्वकपमा सर्वाधिक २० खेलाडीलाई विकेट पछाडिबाट आउट पारे ।

रोहित शर्मा (भारत)
भारतले एकदिवसीय विश्वकप जित्न सकेन् । १२ वर्षपछि भारतलाई आफ्नो कप्तानीमा रोहित शर्माले फाइनल पुर्‍याए । तर, उनी उपाधि भिडन्तमा चुके । यद्यपि, भारत उपविजेता बने पनि आइसिसीको ड्रिम ११ टोलीको कप्तान रोहित नै भएका छन् । उनले ११ खेलमा एक शतक र तीन अर्धशतकको सहयोगमा ५९७ रन बनाए । विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी विराट कोहलीपछि दोस्रो स्थानमा छन् । प्रतियोगिताभरि उनले १२५.९४ स्ट्राइक रेटमा ब्याटिङ गरे ।

विराट कोहली (भारत)
१३औँ संस्करणको विश्वकपमा भारतका कोहली निकै चम्किए । प्रतियोगितामा उनले केही व्यक्तिगत रेकर्डसमेत राखे । अस्ट्रेलियाले छैटोँपटक विश्वकप उचाल्दा उनी सर्वाधिक रन बनाउने खेलाडी बने । उनले विश्वकपमै सचिन तेन्दुलकरको नाममा रहेको सर्वाधिक ४९ शतक तोडे । न्युजिल्यान्डसँगको प्रतिस्पर्धामा शतकीय इनिङ्स खेल्दै उनले एकदिवसीय खेलमा ५० शतकको रेकर्ड बनाए । उनले ११ खेलमा ९०.३१ को स्ट्राइकमा सर्वाधिक ७५६ रन बटुले । यसक्रममा उनले तीन शतक र ६ अर्धशतक लगाए ।

डेरेन मिचले (न्युजिल्यान्ड)
न्युजिल्यान्ड लगातार तेस्रोपटक विश्वकप सेमिफाइनलमा स्थान बनाउँदा ब्याट्सम्यान मिचेलको प्रदर्शन उच्च रह्यो । उनले नौ खेलमा १११.०६ को स्ट्राइकमा ५५२ रन बटुले । भारतविरुद्धको खेलमा उनले संघर्ष गर्दै १३४ रनको शतकीय इनिङ्स खेलेका थिए । प्रतियोगितामा १० खेल खेलेका उनले दुई शतक र दुई अर्धशतक बनाए ।

लोकेश राहुल (भारत)
भातरका विकेटकिपर ब्याट्सम्यान राहुलले अस्ट्रेलियासँगको फाइनलमा अर्धशतकीय इनिङ खेले पनि पर्याप्त भएन । पूरै ११ खेल खेलेका उनले ४५२ रन जोडे । उनले नेदरल्यान्ड्सँगको खेलमा १०२ रन जोडेका थिए । समूह चरणको खेलमा उनले अस्ट्रेलियाविरुद्ध ९७ रन बटुलेका थिए । ३१ वर्षीय खेलाडी राहुल आइसिसीको ड्रिम ११ को टोलीमा तेस्रो मुख्य ब्याट्सम्यानका रूपमा छन् । प्रतियोगितामा उनले दुई अर्धशतक जोडे ।

ग्लेन म्याक्सवेल (अस्ट्रेलिया) 
अस्ट्रेलियन अलराउन्डर म्याक्सवेलको प्रदर्शन एकनासको भएन । १३औँ संस्करणको विश्वकपमा उनलाई दुई खेलका लागि सबैले सम्झिरहनेछन् । अफगानिस्तानविरुद्धको खेलमा उनले अविस्वमरणीय रूपमा २०१ रनको नटआउट इनिङ्स खेले । यसै प्रदर्शनका आधारमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएर मात्र सेमिफाइनल स्थानसमेत पक्का गर्‍यो । उनले नेदरल्यान्ड्ससँगको खेलमा ४० बलमै विश्वकीर्तिमानी रूपमा शतक लगाए । विश्वकपको ११ खेल खेलेका उनले एक शतक र दुई अर्धशतकको साथमा ४५२ रन जोडे ।

रवीन्द्र जडेजा (भारत)
भारतका अलराउन्डर जडेजाले फाइनल पुर्‍याउन उत्कृष्ट खेले । मध्यक्रममा ब्याटिङ गर्न सक्ने उनी महत्वपूर्ण विकेट निकाल्न सक्छन् । सातौँ क्रममा ब्याटिङ गरी उनले पाँच खेलमा १२० रन बटुलेका छन् । विश्वकपमा नौ खेल खेलेका उनले १६ विकेट लिए । रमाइलो पक्ष के छ भने उनले विश्वकपमा १०१.६९ को स्ट्राइकमा ब्याटिङ गरेका थिए । भारतीय बलरमध्ये उनको इकोनोमी रेट उत्कृष्ट रह्यो । उनले प्रतिओभरमा ४.२५ औसतमा बलिङ गरे ।

जसप्रित बुमराह (भारत)
तीव्रगतिका बलर बुमराह भारतका स्ट्राइक बलर हुन् । नयाँ बल र पहिलो पावर प्लेमा उनले विपक्षी ब्याट्सम्यानलाई सहजै स्विङमा फसाएका थिए । योर्क र स्विङ एकनासले गर्न सक्ने बुमराहले प्रतियोगितामा ११ खेल खेल्दै २० विकेट लिए । भारतीय बलरमध्ये उनी दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनको उत्कृष्ट प्रदर्शन नै ३९–४ हो । उनको इकोनोमी रेट ४.०६ छ ।

दिलसान मदुशंका (श्रीलंका )
श्रीलंकाका बायाँहाते तीव्रगतिका बलर मदुशंका प्रतियोगितामा उत्कृष्ट रहे । सन् १९९६ को विजेता श्रीलंकाले प्रतियोगितामा सोचेजस्तो प्रदर्शन गर्न सकेन । सेमिफाइनलमा पुग्ने चार टोलीको छिनोफानो नहुँदासम्म उनी सर्वाधिक विकेट लिनेको सूचीको शीर्ष स्थानमा थिए । उनले नौ खेलमा २१ विकेट लिएका थिए । उनले भारतविरुद्ध ८० रन खर्चेर पाँच विकेट लिएका थिए । विश्वकपमा सर्वाधिक विकेट लिने सूचीमा उनी पाँचौँ नम्बरमा छन् ।

एडम जाम्पा (अस्ट्रेलिया)
सुरुवातमा जाम्पा सुस्त देखिए । जब उनी फर्ममा आए, त्यसपछि विपक्षी ब्याट्सम्यान सहजै धरापमा परे । अस्ट्रेलिया छैटौँपटक विजेता बन्नु पछाडि स्पिनर जाम्पाको योगदान पनि अहं थियो । जाम्पाले ११ खेल खेल्दै २३ विकेट लिए । उनी विश्वकपमा धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे । प्रतियोगितामा उनले नेदरल्यान्ड्सविरुद्ध आठ रन खर्चेर चार विकेट लिए । स्पिनरका रूपमा एक विश्वकपमा सबैभन्दा धेरै विकेट लिने मुथैया मुरलीधरनको रेकर्ड बराबरी उनले गरे ।

मोहम्मद सामी (भारत)
भारतीय तीव्रगतिका बलर सामी विश्वकपमा सबैभन्दा बढी विकेट लिने बलर हुन् । विश्वकपमा उनले केवल सात खेल मात्र खेलेका थिए । प्राप्त अवसरलाई भरपुर प्रयोग गर्दै उनले सर्वाधिक २४ विकेट लिए । उनले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध ५७ रन खर्चँदै सात विकेट लिए । उपाधि भिडन्तमा उनले अस्ट्रेलियन ब्याट्सम्यानलाई समस्यामा राखेका थिए । तर, उनले आफ्नो पहिलो स्पेलपछि विकेट लिन सकेनन् । उनले प्रतिओभर ५.२६ रनरेटमा बलिङ गरेका थिए ।

गेराल्ड कोएत्जी (दक्षिण अफ्रिका)
आइसिसीले १२औँ खेलाडीको रूपमा दक्षिण अफ्रिकाका युवा तीव्रगतिका बलर कोएत्जीलाई राखेको छ । आइसिसीको ड्रिम टिममा अतिरिक्त बलरका रुपमा उनलाई समावेश गरिएको हो । दक्षिण अफ्रिकाका लागि उनले ८ खेलमा २० विकेट लिँदै आफूलाई आइसिसीको नजरमा पार्न सफल भएका हुन् । २३ वर्षीय गेराल्डको प्रतिओभर ६.२३ रनरेटमा बलिङ गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki