Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पहिलो सेमिफाइनलमा आज, भारतले न्यूजिल्यान्डको सामना गर्दै

bk logo final png
  • BAGLUNGKHABAR
  • २९ कार्तिक २०८०, बुधबार ०७:२६

काठमाण्डौ, २९ कार्तिक । विश्वकप क्रिकेटअन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छन्। प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज घरेलु टोली भारतले न्यूजिल्यान्डको सामना गर्दै छ। ​

वानखेडे स्टेडियम मुम्बईमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने छ। रोहित शर्माको नेतृत्वमा रहेको टोली जारी विश्वकपमा अपराजित छ। भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुग्न चाहन्छ। आफ्नो अन्तिम खेलमा श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको न्यूजिल्यान्डले लिग चरणमा ९ मध्ये ५ खेल जित्दै चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो।

अघिल्ला दुई संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न असफल न्यूजिल्यान्ड लगातार तेस्रो पटक उपाधि भिडन्त पक्का गर्ने योजनामा हुने छ। भारत पछिल्ला १० वर्षमा आईसीसीले गरेका ९ वटा प्रतियोगितामा ८ पटक नकआउट चरणबाटै बाहिरिएको छ। सन् २०१९ विश्वकपको सेमिफाइनलमा भारतविरुद्ध न्यूजिल्याण्ड १८ रन र २०२१ टेस्ट च्याम्पियनसिपको फाइनलमा ८ विकेटले विजयी भएको थियो। भारत यी दुवै हारको बदला लिने सोचमा हुने छ।

भारतले लिग चरणमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो। ५ सय ९४ रन बनाएका विराट कोहली जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले २ शतकसमेत बनाएका छन्।

न्युजिल्यान्डका युवा स्टार रचिन रवीन्द्रले सबैलाई प्रभावित गरेका छन्। उनले ३ शतकको मद्दतमा ५ सय ६५ रन बनाएका छन्। ​जसप्रीत बुमराहले ३ दशमलव ६५ को अविश्वसनीय इकोनोमी रेटसहित १७ विकेट लिएका छन्। मिचेल सान्टनरको नाममा १६ विकेट छ।

एक दिवसीय विश्वकपमा न्यूजिल्यान्डले भारतविरुद्ध ९ खेल खेल्दा ५ जित र ४ खेलमा हार बेहोरेको छ। दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्ने छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

लोकप्रिय

आजको मौसमः देशैभरी पानी पर्ने

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki