Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सैनडाँडामा गुन्जिए देउडा

  • ११ आश्विन २०७५, बिहीबार १५:१३

बझाङ — भदौ मध्यदेखि बझाङ मेलामय भएको छ । सुर्माको विरिजात र लेकगाउँको विरसती सकिएलगत्तै खप्तड छान्नाको पाटादेवलमा लाग्ने सैनडाँडा मेला सुरु भएको छ । असोज शुक्ल पूर्णिमाका दिन सुरु हुने यो मेला तीन दिनसम्म चल्नेछ ।

खप्तड दहमा रहेको मन्दिरबाट डोली ल्याएर पाटादेवलमा रहेको खापरमाडौं मन्दिरमा चढाएपछि मेलाको विधिवत् सुरुवात भएको मानिन्छ । मेला भर्नका लागि बझाङलगायत अछाम, बाजुरा र डोटीका दर्शनार्थीको भीड लागेको छ । छान्ना क्षेत्रका विभिन्न मठमन्दिरका धामीहरूको सामूहिक नाच मेलाकै मुख्य आकर्षण भएको छ ।

सैनडाँडा मेला देउडा खेलका लागि निकै चर्चित छ । महिला र पुरुषका बीच हुने देउडाले धेरैलाई मोहित पार्छ । केही वर्ष अगाडिसम्म यही मेलामा देउडा–दोहोरी खेलेर जित–हार भएपछि उसै सँग विवाह गर्ने चलन थियो । अहिले यो चलन हराएको छ ।

मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको स्थानीय रामबहादुर सिंहले बताए । महाभारत कालमा पाँच पाण्डवका पुरोहित धौम्य ऋषिले कुरुक्षेत्रमा भएको गोत्र हत्याको पापमोचन गर्न खप्तडमा गएर शिव दर्शन गर्न सुझाएको किंवदन्ती छ ।

यसै क्रममा पाण्डवहरू खप्तड छान्नामा रहेको खापरमाडौं आएर खापर देवताको पूजा गरेको र यहाँ यज्ञमा प्रयोग भएका सामानहरू खप्तडमा रहेको त्रिवेणीमा सेलाएको मान्यता छ । पाण्डवहरूले नै यो मेलाको सुरुवात गरेको विश्वास गरिन्छ ।

अर्काे एक किंवदन्तीअनुसार पाटादेवलमा रहेको खापरदेवको स्थापना भएपछि विसं. १२८० मा सिजापती सम्राट नागराजका छोरा महाराज क्रस्चल र उनका छोरा अशोक मल्लले राज्य विस्तार गर्न कुमाउ गढवाल आक्रमण गर्ने सिलसिलामा खापर देवताको ढुकुटी लुटेर लगेका थिए ।

पछि खापर देवताले दु:ख दिन थालेपछि सिजापती राजाले पछुतो गर्दै माफी मागेर लुटेको धनको दोब्बर सम्पत्ति बुझाएको मान्यता छ । त्यसपछि सिजापती राजा कालीगढसहितको फौजमा खापरमाडौं आएर स्थानीय बासिन्दालाई भेला गराएका थिए । लुटेको दोब्बर सम्पत्ति फिर्ता गराई उत्सवमय माहोलमा पूजा गरेको र त्यही बेलादेखि मेलाको सुरुवात भएको विश्वासमेत गरिने पाटादेवलका उत्तम थापाले बताए । त्यस बेला सिजापती महाराज जितारी मल्लका भाइले खापरमाडौंमा राखेका शिलालेख र ढुंगामा कुँदिएका मूर्तिहरू हालसम्म पनि यथावत् छन् ।

सैनडाँडा मेला बान्नी चैलती, चैनपुरको शिलदेवी पछिको तेस्रो ठुलो मेलाको रूपमा लिइन्छ । पछिल्लो समय यो मेलाले देउडा संस्कृतिको जर्गेना गर्नका लागि ठूलो भूमिका खेलेको बझाङको इतिहास तथा संस्कृतिका अध्येता विष्णुभक्त शास्त्रीले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki