Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

bk logo final png
  • बागलुङखबर
  • २१ जेष्ठ २०८३, बिहीबार २१:५९

बागलुङ, २१ जेठ । बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने धएको छ ।

धवलागिरि बहुमुखी क्याम्पस–अनुसन्धान व्यवस्थापन समिति, बागलुङको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको अनुदान सहयोगमा शुक्रबारदेखि सुरु हुने सङ्गोष्ठी दुई दिनसम्म सञ्चालन हुने सहायक क्याम्पस प्रमुख डा डिल्लीराज गौतमले जानकारी दिनुभयो ।

सङ्गोष्ठीमा शिक्षा र शासन, मानवशास्त्र र संस्कृति, वातावरण र जलवायु, साहित्य र मानविकी, विज्ञान, कृषि र आदिवासी अध्ययनलगायतका विषयमा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुबाट ४० भन्दाबढी कार्यपत्र प्रस्तुत हुने उहाँले बताउनुभयो ।

सङ्गोष्ठीमा प्रमुख वक्ताका रुपमा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा खड्क केसी र गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले ‘कि नोट स्पिच’ दिनुहुने जनाइएको छ ।

सङ्गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालय मातहतका प्राध्यापक, कर्मचारी, शिक्षक, शोधार्थीलगायतको सहभागिता रहने सहायक क्याम्पस प्रमुख गौतमले बताउनुभयो । “तीनवटा विश्वविद्यालय र मातहतका क्याम्पसबाट कार्यपत्र प्रस्तुतीका लागि ३० जना प्राध्यापकहरु सङ्गोष्ठीमा आउँदै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनको भूमिकाका विषयमा गहन रुपले बौद्धिक विमर्श हुनेछ ।”

Share

प्रतिक्रिया

थप समाचारहरु

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

बागलुङका ७१ जना हिंसा प्रभावितलाई सेवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki