Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नयाँ पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको आलडाँडा

bk logo final png
  • BAGLUNGKHABAR
  • १६ कार्तिक २०८०, बिहीबार २१:३३

म्याग्दी, १६ कार्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ मा रहेको आलडाँडा केही वर्षअघिसम्म सुनसान थियो । समुन्द्री सतहदेखि दुई हजार छ । सय २० मिटर उचाइमा रहेको आलडाँडामा सडक, यातायात, पदमार्ग र खाने बस्ने व्यवस्थासँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुनु थालेको छ ।

स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाँडाको सौन्दर्यका बारेमा प्रचार(प्रसार र पूर्वाधार निर्माणसँगै पर्यटक आउन थालेका बताउनुभयो । “यहाँसम्म आउने सडक, पदमार्ग र होटलको सुविधा भएपछि पर्यटकको चल(पहल बढेको छ”, पुर्जाले भन्नुभयो, “आलडाँडा अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीय स्थल जानेबिच बाटोमा पर्ने भएकाले पनि यसको सम्भावना छ ।”

डाँडाका सम्म फाँटको बिचमा रहेको आलडाँडा वरपरको गुराँसको जङ्गलको बिचमा छ । एकान्त वातावरण, पृष्ठभूमिमा लहरै देखिने हिमशृङ्खलाले मोहित बनाएको आलडाँडाको भ्रमणमा आउनुभएका पर्वत ज्ञादीका विमल ढकालले बताउनुभयो । “तरतिरका ग्रामीण बस्ती, बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न पाउँदा झनै रमाइलो भयो,” उहाँले भन्नुभयो, “सहरबजारको कोलाहल र व्यस्तताबाट तनावमुक्त हुनुका लागि आलडाँडा उपयुक्त ठाउँ रहेछ ।”

आलडाँडामा हिमालयन भ्यु एण्ड गेष्ट हाउसमेत सञ्चालन गरेका पुर्जाका अनुसार हाल दैनिक ४० देखि ५० जनाको हाराहारीमा पाहुना आलडाँडाको बाटो भएर विभिन्न पर्यटकीयस्थलमा आवतजावत गर्छन् । आलडाँडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनासलु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।

हिमाल र पृष्ठभूमिमा देखिने सूर्योदय र सूर्यास्तको मनमोहन दृश्यले मोहित बनाएको आलडाँडाको भ्रमणमा जानुभएका लेकफाँटका मदन पौडेलले बताउनुभयो । गुराँसको जङ्गलका साथै विभिन्न प्रजातिका वनस्पति, जडीबुटी, वन्यजन्तु र पन्क्षीहरुको पनि अवलोकन गर्न पाइने उहाँले बताउनुभयो ।

करबाकेली इको र अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाँडा करबाकेही, राम्चे, नागी, मोहरेडाँडा, कालीदह, फूलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्छ । एकदेखि अर्को ठाउँमा जाने पर्यटकका लागि आलडाँडा केन्द्र मानिन्छ । म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीहरूको अवलोकन गर्न सकिन्छ ।

राम्चेदेखि तीस मिनेट, करबाकेही, फूलबारी र मोहरेडाँडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिँडेपछि आलडाँडा पुग्न सकिन्छ । राम्चे हुँदै आलडाँडा जोड्ने सडक पनि छ । बस्तीदेखि टाढा रहेको आलडाँडामा पुग्ने पर्यटकको सुविधाका लागि राम्चेका भक्तबहादुर पुर्जाले होटल सञ्चालन गर्नुभएको छ । होटलको छानोमा राखिएको जस्तापाताबाहेक अन्य सबै संरचना काठका हुन् । दुईतले भवनमा बीस जना बास बस्न सक्ने दश वटा कोठा छन् । ४१ लाखको लागतमा पुर्जाले स्थापना गरेको होटलका कोठाबाटै हिमाल, सूर्योदय, सूर्यास्त र जङ्गलको अवलोकन गर्न सकिन्छ ।

प्रतिरात बास बस्न एक जनालाई करिब एक हजार बजेट आवश्यक पर्छ । बाझिएर खेर गएको पाखोबारीमा होटल बनाएका पुर्जा पर्यटकको चहलपहल बढ्न थालेपछि उत्साही हुनुभएको छ । दश वर्ष साउदीमा रोजगारी गरेर फर्केका पुर्जाले यसअघि राम्चेमा घरबास ‘होमस्टे’ सञ्चालन गर्नुभएको थियो । स्थानीय जातका कुखुरा, खरायोको मासु, कोदो, फापरको रोटी, ढिँडो, च्याउको तरकारी, आलुका परिकार होटलका पाहुनाले चाख्न पाउँछन् ।

अन्नपूर्ण गाउँपालिका(८ राम्चेका वडा अध्यक्ष खम गर्बुजाले आलडाँडालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण र प्रचार(प्रसारमा जोड दिएको बताउनुभयो । गत वर्ष ३० लाख बजेटमा करबाकेलीदेखि आलडाँडा हुँदै मोहरेडाँडा जाने पदमार्ग र त्यसअघि १५ लाख बजेटमा राम्चेदेखि आलडाँडा हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको वडा अध्यक्ष गर्बुजाले बताउनुभयो । रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki