Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आइसिसी विश्वकप २०२३ पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

bk logo final png
  • बागलुङखबर
  • ७ कार्तिक २०८०, मंगलवार ०७:२१

एजेन्सी – अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ८ विकेटको ऐतिहासिक जित हात पारेको छ । अफगानिस्तानले पहिलो पटक ओडिआई खेलमा पाकिस्तानलाई हराएको हो । जारी विश्वकपमा अफगानिस्तानको दोस्रो जित हो । यसअघि इंग्ल्यान्डलाई हराएको थियो ।

जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ४९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानको जितमा ओपनर इब्राहिम जद्रानले १ सय १३ बलमा १० चौकासहित सर्वाधिक ८७ रनको योगदान दिए ।

रहमानउल्लाह गुरबाजले ५३ बलमा ९ चौका र १ छक्कासहित ६५ रन बनाए । ओपनर गुरबाज र जद्रानले पहिलो विकेटका लागि २१।१ ओभरमा १ सय ३० रनको शतकीय साझेदारीका साथ सहज जितको आधार तय गरेका थियो ।

यो अफगानिस्तानले ओडिआईमा पूरा गर्यो सर्वाधिक ठूलो लक्ष्य पनि हो । यसअघि अफगानिस्तानले ओडिआईमा सर्वाधिक ठूलो लक्ष्य २०१४ मा २ सय ७४ रनको लक्ष्य पूरा गरेको थियो । पाकिस्तानले विश्वकपमा २ सय ७५ माथिको योगफल पहिलो पटक बचाउन नसकेको हो । यसअघि १३ पटक २ सय ७५ माथिको योगफल बचाएको थियो ।

अफगानिस्तानका रहमात शाह ८४ बलमा ५ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे । हश्मातुल्लाह शाहिदी ४५ बलमा ४ चौकासहित ४८ रनमा नट आउट रहे । पाकिस्तानका हसन अली र शाहिन शाह अफ्रिदीले समान एक एक विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ९२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७४ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

ओपनर अब्दूल्लाह शफिक ७५ बलमा ५ चौका र २ छक्कासहित ५८, इमाम उल हक १७, मोहम्मद रिजवान ८, साउद सकिल २५, शादब खान र इफ्तिखर अहमदले ४०(४० रन बनाए ।

अफगानिस्तानका नुर अहमदले १० ओभरमा ४९ खर्चेर ३ विकेट लिए । नविन उल हकले ७ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । मोहम्मद नाबी र आजमतुल्लाह ओमरजाईले एक एक विकेट लिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki