Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आइसिसी विश्वकप २०२३ पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

bk logo final png
  • बागलुङखबर
  • ७ कार्तिक २०८०, मंगलवार ०७:२१

एजेन्सी – अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ८ विकेटको ऐतिहासिक जित हात पारेको छ । अफगानिस्तानले पहिलो पटक ओडिआई खेलमा पाकिस्तानलाई हराएको हो । जारी विश्वकपमा अफगानिस्तानको दोस्रो जित हो । यसअघि इंग्ल्यान्डलाई हराएको थियो ।

जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ४९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानको जितमा ओपनर इब्राहिम जद्रानले १ सय १३ बलमा १० चौकासहित सर्वाधिक ८७ रनको योगदान दिए ।

रहमानउल्लाह गुरबाजले ५३ बलमा ९ चौका र १ छक्कासहित ६५ रन बनाए । ओपनर गुरबाज र जद्रानले पहिलो विकेटका लागि २१।१ ओभरमा १ सय ३० रनको शतकीय साझेदारीका साथ सहज जितको आधार तय गरेका थियो ।

यो अफगानिस्तानले ओडिआईमा पूरा गर्यो सर्वाधिक ठूलो लक्ष्य पनि हो । यसअघि अफगानिस्तानले ओडिआईमा सर्वाधिक ठूलो लक्ष्य २०१४ मा २ सय ७४ रनको लक्ष्य पूरा गरेको थियो । पाकिस्तानले विश्वकपमा २ सय ७५ माथिको योगफल पहिलो पटक बचाउन नसकेको हो । यसअघि १३ पटक २ सय ७५ माथिको योगफल बचाएको थियो ।

अफगानिस्तानका रहमात शाह ८४ बलमा ५ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे । हश्मातुल्लाह शाहिदी ४५ बलमा ४ चौकासहित ४८ रनमा नट आउट रहे । पाकिस्तानका हसन अली र शाहिन शाह अफ्रिदीले समान एक एक विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ९२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७४ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

ओपनर अब्दूल्लाह शफिक ७५ बलमा ५ चौका र २ छक्कासहित ५८, इमाम उल हक १७, मोहम्मद रिजवान ८, साउद सकिल २५, शादब खान र इफ्तिखर अहमदले ४०(४० रन बनाए ।

अफगानिस्तानका नुर अहमदले १० ओभरमा ४९ खर्चेर ३ विकेट लिए । नविन उल हकले ७ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । मोहम्मद नाबी र आजमतुल्लाह ओमरजाईले एक एक विकेट लिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki