Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसिसी यू१९ : उपाधिका लागि नेपाल युएईसँग खेल्दै

bk logo final png
  • बागलुङखबर
  • ७ कार्तिक २०८०, मंगलवार ०६:५४

काठमाडौं, ७ कार्तिक । नेपालले मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपको फाइनलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ ः १५ मा बायोमास ओभलमा सुरु हुनेछ ।

नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।

युएईले उपाधि जित्ने लक्ष्यका साथ सिनियर टोलीका तीन खेलाडीलाई टोलीमा समेटेको थियो । युएईको टोलीबाट खेलि सकेका आयन खानसँगै ओपनर अर्यांश शर्मा र मध्यक्रमका ब्याटर एथान डि सोल्झा युएईको यू१९ टोलीमा छन् ।

युएईलाई यू१९ विश्वकपमा पुग्न जितको लागि १६ बलमा ८ रन चाहिँदा दीपेश कँडेलले लगातार तीन विकेट लिदै नेपाललाई विश्वकपमा पुर्याएका थिए ।

दीपेशले जारी प्रतियोगितामा ४ खेलमा १८ विकेट लिएका छन् । दीपेशले साउदी र बहराइनविरुद्ध ६–६ विकेट लिएका थिए । जापान र इरानविरुद्ध ३–३ विकेट लिएका थिए ।

नेपालको सिनियर टोलीबाट खेलेका देव खनालले बहराइनविरुद्ध १ सय रनको शतकीय इनिङ खेलेका थिए । अर्जुन कुमालले साउदी अरेवियाविरुद्ध १ सय ४२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

दीपेश कडेंल, देव खनाल र अर्जुन साउदी नेपालका प्रमुख हतियार हुन् । विशाल विक्रम केसीको प्रदर्शन मध्यक्रममा महत्वपूर्ण हुनेछ । स्पिनर सुवास भण्डारी र दीपेको प्रदर्शन निकै महत्वूर्ण हुने अनुमान गरिएको छ ।

नेपालको तीव्र गतिको बलिङ आक्रामण आकाश चन्द, दुर्गेश गुप्ता र हेमन्त धामीले सम्हाल्नेछन् । समूह चरण र सेमिफाइनलमा सहज जित हात पारेको नेपालको असली परीक्षा आज हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki