Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शीर्षस्थानमा उक्लिदै भारत सेमिफाइनल नजिक

bk logo final png
  • बागलुङखबर
  • ६ कार्तिक २०८०, सोमबार ०६:१७

काठमाण्डौं, ६ कार्तिक । भारतले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै भारत १० अंकका साथ शीर्षस्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ ।

जितका लागि २ सय ७४ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । भारतका विराट कोहलीले १ सय ४ बलमा ८ चौका र २ छक्कासहित ९५ रनमा आउट भए । उनी म्याट हेनरीको ४८ औं ओभरको चौथो बलमा डिप मिडविकेटमा ग्लेन फिलिप्सबाट क्याच आउट भएपछि करिअरको ४९ औं शतक पूरा गर्न मात्रै पाँच रनले चुकेका थिए ।

भारतलाई कप्तान रोहित शर्माले ४० बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । उनी लोकी फर्गुसनको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि रोहित र शुभमन गिलले ११।१ ओभरमा ७१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

गिल ३१ बलमा ५ चौकासहित २६ रनमा आउट भए । श्रेयस ऐर २९ बलमा ६ चौकासहित ३३ रन बनाउँदै क्याच आउट भएका थिए । मिचेल सान्टनारले लोकेश राहुललाई २७ रनमा एलबीडब्लू आउट गरे । सूर्य कुमार यादव २ रनमा रन आउट भए । एक समय भारत ३३।५ ओभरमा १९१।५ को अवस्थामा पुगेको थियो । त्यसपछि कोहली र जडेजाले छैटौं विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

जडेजा ४४ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । न्युजिल्यान्डका लोकी फर्गुसनले ८ ओभरमा ६३ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल सान्टनारले एक एक विकेट लिए ।

त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा २ सय ७३ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका मध्यक्रमका ब्याटर डर्याल मिचेलले १ सय २७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो ।

दोस्रो विकेटका लागि मिचेल र रचिन रविन्द्रले १ सय ५९ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रविन्द्र ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रनमा आउट भए । मिचेल र रविन्द्र बाहेक अन्यले राम्रो गर्न नसक्दा न्युजिल्यान्डले विशाल योगफल बनाउने अवसर गुमाएको थियो । त्यो नै हारको प्रमुख कारण बन्यो ।

मोहम्मद शामीको ३४ औं ओभरको तेस्रो बलमा रविन्द्र लङअनमा क्याच आउट भएका थिए । ओपनर डेभन कन्वे मोहम्मद शिराजको बलमा शून्यमा क्याच आउट भएका थिए । विल योंगलाई मोहम्मद शामीले १७ रनमा बोल्ड आउट गरेका थिए ।

एक समय ८।१ ओभरमा १९.२ को अवस्थामा थियो । त्यो अवस्थाबाट रचिन र मिचेलको साझेदारीले न्युजिल्यान्डले विशाल योगफलको आधार तय गरेको थियो । तर त्यसपछिका ब्याटरले भने राम्रो रन बनाउन सकेनन् ।

कप्तान टम लाथम ५, ग्लेन फिलिप्स २३, मार्क च्यापम्यान ६, मिचेल सान्टनार १ र म्याट हेनरी शून्यमा आउट भए ।
भारतको जितमा मोहम्मद शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ७२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र मोहम्मद शामीले समान १–१ विकेट लिए ।

न्युजिल्यान्ड ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ ।

न्युजिल्यान्डले अव आगामी शनिबार अष्टेलियासँग खेल्नेछ । भारतले आगामी आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki