Skip to content

follow us

baglungkhabar.tv

26th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

रोमाञ्चक प्रतिस्पर्धामा नेपाल विजयी

bk logo final png
  • BAGLUNGKHABAR
  • २४ आश्विन २०८०, बुधबार १८:१९

काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्जकप–२०२३ को प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको छ ।

बुधबार श्रीलंकाको कोलम्बोस्थित सुगाथादसा इन्डोर रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो सेट २५–१९ ले जितेको थियो । तर, यसपछि लगातार दुई सेट गुमाउँदा नेपाल पराजयको संघारमा पुगेको थियो । तर, त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै नेपालले अफगानिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा हराएको हो । नेपालले दोस्रो र तेस्रो सेट क्रमशः १९–२५, २२–२५ ले गुमाएको थियो । तर, त्यसपछि चौथो सेट नेपालले २५–२१ ले जित्यो । पाँचौँ तथा अन्तिम सेट नेपालले १५–१० ले जित्दै नतिजा आफ्नो पक्षमा ल्याएको हो ।

प्रतियोगितामा तेस्रो खेल खेलेको नेपालको यो दोस्रो जित हो । नेपालले यसअघि पहिलो खेलमा बंगलादेशलाई ३–१ को सेटमा हराउँदा दोस्रो खेलमा भने घरेलु टिम श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो ।

अफगानिस्तानको भने यो पहिलो हार हो । यसअघिका दुई खेलमा अफगानिस्तानले पहिलो खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

श्रीलंकामा जारी प्रतियोगिताको दोस्रो संस्करणमा नेपाल र अफगानिस्तानसँगै साउदी अरेबिया, उज्वेकिस्तान, बंगलादेश र घरेलु टिम श्रीलंकाले प्रतिस्पर्धा गरिरहेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

उच्च अदालत पोखरा बागलुङ इजलासको ६५ प्रतिशत मुद्दा फछ्र्यौट

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

भर्खरै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki