Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

bk logo final png
  • BAGLUNGKHABAR
  • २६ भाद्र २०८०, मंगलवार ०८:१७

काठमाडौं, २६ भदौ । एसिया कपमा भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित भएको छ। वर्षाका कारण आइतबार रोकिएर सोमबार पुन सुरु भएको खेलमा भारतले दिएको ३५७ रन पछ्याएको पाकिस्तान १२८ रनमा समेटियो।

पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक रह्यो। त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३–२३ रन बनाए। कप्तान बाबर आजम भने १० रनमै आउट भए।

पाकिस्तानका नसिम साह र हरिस राउफले भने चोटका कारण ब्याटिङ गरेनन्। शाहीन शाह अफ्रिदी ७ रनमा नटआउट रहे। १७ रन बनाउँदा पहिलो विकेट गुमाएको पाकिस्तानले ४३ रनमा दोस्रो र ४७ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो। ११० रनमा ६ विकेट गुमाएको उसले बाँकी १८ रन बनाउँदा थप ४ विकेट गुमाउन पुग्यो। भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे। ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए। त्यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १(१ विकेट लिए।

यसअघि आइतबार कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो। भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय पारी खेले। कोहलीले १२२ रन बनाए। कोहलीले सबैभन्दा छिटो १३ हजार रनसमेत बनाए। ओडिआइमा उनले २ सय ७८ खेमा १३ हजार रन पूरा गरेका हुन्।

त्यस्तै केएल राहुल १११ रन बनाएर नटआउट रहे। आइतबार वर्षाले खेल रोकिँदा भारत २४ दशमलव १ ओभरमा १४७।२ को अवस्थामा थियो। त्यसपछि राहुल र कोहलीले शानदार साझेदारी गर्दै पाकिस्तानविरुद्ध ऐतिहासिक चूनौति खडा गरेका हुन्।

पाकिस्तानका लागि शाहीन साह अफ्रिदी र शादाब खानले १।१ विकेट लिए।

यसअघि समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाले रोकिँदा दुवै टिमले अंक बाँडेका थिए।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

लोकप्रिय

क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि नेपाललाई

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki