Skip to content

follow us

baglungkhabar.tv

25th September 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

  • BAGLUNGKHABAR
  • २६ भाद्र २०८०, मंगलवार ०८:१७

काठमाडौं, २६ भदौ । एसिया कपमा भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित भएको छ। वर्षाका कारण आइतबार रोकिएर सोमबार पुन सुरु भएको खेलमा भारतले दिएको ३५७ रन पछ्याएको पाकिस्तान १२८ रनमा समेटियो।

पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक रह्यो। त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३–२३ रन बनाए। कप्तान बाबर आजम भने १० रनमै आउट भए।

पाकिस्तानका नसिम साह र हरिस राउफले भने चोटका कारण ब्याटिङ गरेनन्। शाहीन शाह अफ्रिदी ७ रनमा नटआउट रहे। १७ रन बनाउँदा पहिलो विकेट गुमाएको पाकिस्तानले ४३ रनमा दोस्रो र ४७ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो। ११० रनमा ६ विकेट गुमाएको उसले बाँकी १८ रन बनाउँदा थप ४ विकेट गुमाउन पुग्यो। भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे। ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए। त्यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १(१ विकेट लिए।

यसअघि आइतबार कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो। भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय पारी खेले। कोहलीले १२२ रन बनाए। कोहलीले सबैभन्दा छिटो १३ हजार रनसमेत बनाए। ओडिआइमा उनले २ सय ७८ खेमा १३ हजार रन पूरा गरेका हुन्।

त्यस्तै केएल राहुल १११ रन बनाएर नटआउट रहे। आइतबार वर्षाले खेल रोकिँदा भारत २४ दशमलव १ ओभरमा १४७।२ को अवस्थामा थियो। त्यसपछि राहुल र कोहलीले शानदार साझेदारी गर्दै पाकिस्तानविरुद्ध ऐतिहासिक चूनौति खडा गरेका हुन्।

पाकिस्तानका लागि शाहीन साह अफ्रिदी र शादाब खानले १।१ विकेट लिए।

यसअघि समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाले रोकिँदा दुवै टिमले अंक बाँडेका थिए।

Share

प्रतिक्रिया

थप समाचारहरु

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

ताराखोलामा परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

ताराखोलामा परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki