काठमाडौं, ३० साउन। कक्षा १२ को वार्षिक परीक्षामा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार सो प्रतिशतले ग्रेड प्राप्त गरेका छन् ।
यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेड (एनजी) आएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।
ग्रेडवृद्धि (पूरक) को परीक्षा दुई विषयसम्म लागेकाले दिन पाउनेछन् । ग्रेडवृद्धिको परीक्षा असोज ६ र ७ गते संचालन हुनेछ ।