Skip to content

follow us

baglungkhabar.tv

24th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मुस्ताङको कागबेनीमा बाढीको उच्च जोखिममा

bk logo final png
  • BAGLUNGKHABAR
  • २९ श्रावण २०८०, सोमबार ०९:४५

सुन्दरकुमार थकाली
मुस्ताङ, २९ साउन । जोमसोम(मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीमा बाढीको जोखिम बढेको छ । मुक्तिनाथबाट बहने ठाडो खोलाको शाखा नदी र मुस्ताङको साङ्ता हुँदै बहने ठाँडो खोला थुनिदा कागबेनी गाउँ बाढीको उच्च जोखिममा परेको हो ।

अविरल वर्षासंगै मुस्ताङको साङ्ता खोला थुनिएको आशंका जिल्ला प्रशासनले गरेको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार आईतबार साँझ करिव ७ बजेदेखि साङ्ता खोला थुनिएको जानकारी दिए ।साङ्ता हुँदै बग्ने ठाँडो खोला पहिरोे खसेपछि खोला थुनिएको हुनसक्ने प्रजिअ केसीको भनाई छ ।

यसैगरी मुक्तिनाथबाट बहने वारागुङ(२ छेङ्गुर ,झोङ, पुडाकबाट बहने ३ वटा शाखा नदीको बाहव उच्च हुँदा कागबेनी गाउँमा बाढीको त्रास बढेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले जानकारी दिए । उनका अनुसार अहिले ठाडो खोलाको बाढीले कागबेनी गाउँको तटीय बस्ती जलमग्न भएको उनले बताए ।‘ कागबेनीमा ठाँडो खोलाले श्राद्धस्थल ,धर्मशाला र केही घरहरु जलमग्न भएको छ,’ अध्यक्ष गुरुङले भने,‘ गाउँ भित्रको अस्थायी पुल पुलेसा र एक घर बगाएको जानकारीमा आएको छ, अहिले रात परेर क्षति विवरण एकिन गर्न सकिएको छैन ।’

यता, जिल्ला प्रशासन कार्यालय मुस्ताङले अविरल वर्षासंगै आएको बाढी कागबेनीको तटीय क्षेत्रको बस्तीमा पसेकाले स्थानीयलाई सुरक्षित स्थानमा स्तान्तरण गरिएको बताएको छ ।’कागबेनी र त्यस आसपासका बस्तीमा बाढीको जोखिम बढेको,स्थानीय बाढीको त्रासमा छन्,प्रजिअ केसीले भने, प्रहरी र प्रशासनले बाढीको अवस्था र स्थानीयसंग समन्वय र सहकार्य गरिहेको छौं,हामी तैयारी अवस्थामा बसेका छौं, रातीका समय भएकाले केही असहज भएको छ ।

कागबेनीका एक स्थानीयले दिएको जानकारी अनुसार बाढीले कागबेनीको गुम्बा,स्कुल, प्रहरी चौकी र एक दर्जन बढी घरहरुमा बाढी पसेको जनाईएको छ । बाढीले कोरलानाका जाने कागबेनीमा निर्माणधिन पक्की पुल समेत बगाएको आशंका गरिएको छ ।

कागबेनी माथिका शाखा खोलाको बाहव उच्च हुँदा कालिगण्डकी नदीको सतह समेत उच्च भएको बताईएको छ । कागबेनी माथिको शाखा खोला थुनिएको थााहा पाएपछि जोमसोम बजारमा समेत बाढीको त्रास बढेको बताईएको छ । अहिले स्थानीयहरु घर बाहिर निस्किएर खोलाको सतह नियालिरहेका छन् । कागबेनी गाउँको तल्लो बस्तीका दुई दर्जन घरहरुका स्थानीयलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । अहिले सम्म मानवीय क्षति नभएको प्रशासनले बताएको छ ।

राती अबेर मात्र बाढी आएकाले क्षति विवरण एकिन गर्न सकिएको छैन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

लोकप्रिय

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki