Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

युवा रेडक्रस सर्कलद्वारा महिनावारी र सरसफाई सम्बन्धी कार्यक्रम सम्पन्न

  • १४ श्रावण २०८०, आईतवार २३:२९

बागलुङ, १४ साउन । गुराँस विद्या सदनमा आज एक औपचारिक कार्यक्रमका बिच युवा रेडक्रस सर्कल युरेसद्वारा महिनावारी र सरसफाई सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

महिनावारीको समयमा महिलाहरुले भोग्नुपरेका समस्याहरुलाई ध्यानमा राखेर गुराँस विद्या सदनमा रहेको युवा रेडक्रस सर्कल युरेसले उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका सबै महिला विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

महिनावारी भनेको के हो ? महिनावारी कति समयमा हुन्छ ? महिलाहरुले महिनावारीका समयमा के कस्ता सचेतताहरु अपनाउनु पर्छ ? र महिनावारीको समयमा सरसफाईमा के कस्तो ध्यान दिनुपर्छ ? भन्ने जस्ता विद्यार्थीका मनमा रहेका यस्ता खालका प्रश्नहरुलाई समाधान गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन भएको युरेसकी सदस्य शिक्षक अरुणा थापाले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुलाई छाउपडी प्रथाको बारेमा पनि विद्यार्थीहरुलाई जानकारी दिने काम भएको थियो ।

कार्यक्रममा कक्षा १० की छात्र सम्पदा चोखालकोे प्रस्तुतिकरण रहेको थियो । चोखालले पावर पोइन्टका माध्यमबाट प्रस्तुतिकरण दिई विद्यार्थीहरुलाई सरल रुपमा बुझाउने प्रयास गर्नुभएको थियो ।

कार्यक्रममा गुराँस विद्या सदनका प्रधानाध्यापक निसान खड्का, गुराँस विद्या सदनका उपप्रधानाध्यापक बन्दना जोशी पौडेल तथा युवा रेडक्रस सर्कल युरेसका सदस्य शिक्षकद्वय रामु जि.सी र अरुणा थापा सहभागि हुनुभएको थियो ।

गुराँस विद्या सदनका प्रधानाध्यापक निसान खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन कक्षा ९ की छात्रा तथा युवा रेडक्रस सर्कल युरेस की अध्यक्ष सुहानी के.सीले गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki