Skip to content

follow us

baglungkhabar.tv

20th January 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

फरार देवकुमारलाई टर्च लाइट बालेर खोजी

bk logo final png
  • BAGLUNGKHABAR
  • १४ श्रावण २०८०, आईतवार २२:१२

बागलुङ, १४ साउन । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले आईतबार टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले देवकुमार नेपाली र प्रहरी प्रशासनका बिरुद्ध विभिन्न किसिमका नाराबाजीहरु गरेका थिए ।

  

एक अर्ब भन्दा बढी रकम हिनामिना गरेर फरार भएका सहकारीका संस्थापक अध्यक्ष सहित सहकारीका संचालहरुलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिन पीडित बचतकर्ताहरुले टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । प्रहरी प्रशासनले इमेज बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष तथा ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नपालीलाई पक्राऊ गर्न आनाकानी गरेपछि पीडितहरुले दबाव स्वरुप टर्च लाईट बालेर देव कुमार नेपाली खोजेका छन् ।

पीडित बचतकर्ताहरुको बागलुङ बजारमा रहेको इमेज सहकारीको भवनदेखि बजारभरी टर्च लाइट बालेर खोजी गर्दै नाराबाजी गरेका थिए ।

संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले बचत रकम हिनामिना गरेर फरार भएका नेपाली सहितका संचालक समितिहरुलाई प्रशासनले पक्राउ गर्न ढिला गरेकोले दबाब स्वरुप टर्च लाइट बालेर प्रदर्शन गरेको बताउनुभयो । उहाँले प्रहरी प्रशासनले खोजी गरिरहेपनि ढिलासुस्ती गरेको बताउनुभयो । ‘फरार देवकुमार नेपाली सहितको टोलीलाई प्रहरी प्रशासनले खोजी गरिरहेको छ,’ कार्कीले भन्नुभयो,‘खोजी कार्यमा ढिला भएको महशुस भएर अल्ली चाडो पक्राउ गर्नको लागि दबाब दिन टर्च लाइट बालेर प्रदर्शन गरेको हौं ।’

संघर्ष समितिका संयोजक कार्कीले देशभरका सहकारी र लघुवित्तका पीडितहरुले साउन १८ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम रहेको बताउँदै सवैलाई काठमाडौंमा जानको लागि आव्हान गर्नुभएको थियो । इमेज सहकारीका पीडित बचतकर्ताहरुले आईतबार साँझ एकै साथ बागलुङ बजार, गलकोटको हटिया बजार र ढोरपाटनको बुर्तिबाङ बजारमा टर्च लाइट बालेर विरोध प्रदर्शन गरेका थिए ।

ढोरपाटन नगरपालिकाका नगरप्रमुख समेत रहेको नेपाली गतजेठ ५ गतेदेखि फरार रहेका छन् । नेपाली सहित सहकारीका संचालकका विरुद्धमा प्रहरीमा १ हजार ४ सय ८१ जना बचतकर्ताले मुद्वा दर्ता गरेका छन् ।

नेपाली सहित सहकारीका संचालक र कर्मचारी गरि ११ जना विरुद्ध बचतकर्ताले जिल्ला अदालत बागलुङमा रु। १ अर्ब ३० करोड विगो दाबी गरी ठगी मुद्वा दर्ता गरेका छन् । प्रहरीले सहकारीको लाखौं रकम हिनामिना गरी ठगी गरेको आरोपमा सहकारीका संचालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पक्राउ गरिसहेको छ । पक्राउ परेका तीन जनालाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न साउन ४ गते आदेश दिएको छ ।

नेपाली गत जेठ ५ गतेदेखि फरार रहेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

निर्वाचन लक्षित छलफल गर्न बागलुङमा सर्वपक्षीय बैठक

महिला समूहलाई बाख्रा उपहार

धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आजदेखि सुरु

लोकप्रिय

दृष्टिविहीन महिला टि ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भारतलाई, नेपाल उपविजेता

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना पुष्टि

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

भर्खरै

निर्वाचन लक्षित छलफल गर्न बागलुङमा सर्वपक्षीय बैठक

महिला समूहलाई बाख्रा उपहार

धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आजदेखि सुरु

धौलागिरी अस्पतालको ६७ औं वार्षिकोत्सब कार्यकम आजबाट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki