Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

निजामति कर्मचारीको आयोजनामा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

bk logo final png
  • BAGLUNGKHABAR
  • १४ श्रावण २०८०, आईतवार ०७:४५

बागलुङ, १४ साउन । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति बागलुङको आयोजनामा व्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ । शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा शहिद सप्ताहको सन्दर्भमा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीबिच डवलमेन व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगितामा जैमिनी नगरपालिकाका बिजय थापा र खुमन पुनको टोली बिजेता बनेको छ । त्यसैगरी, पूर्वाधार बिकास कार्यालय बागलुङका प्रकाश श्रीस र चन्द्रबहादुर पुनको टोली उपबिजेता बनेको छ । प्रतियोगितामा १६ टिमको सहभागीता रहेको थियो । बिजेता टिमलाई नगद रु. ८ हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद रु.५ हजार, सहित मेडल र प्रमाणपत्र प्रदान गरिने संगठनका अध्यक्ष श्याम थापाले जानकारी दिनुभयो ।

बिजेता तथा उपबिजेता टिमलाई शहिद सप्ताहको अन्तिम दिन १५ गते हुने मुल समारोहमा पुरस्कार प्रदान गरिने अध्यक्ष थापाले बताउनुभयो । संगठनले बिभिन्न पेशागत आन्दोलनका क्रममा राज्यबाट शहिद बनाइएका शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको सम्झनामा स्मृति दिवस रचनात्मक कार्यक्रम गरी मनाउदै आईरहेको छ ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर खत्री, संगठनका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज तेजप्रसाद निउँरे र नेपाल व्याडमिन्टन संघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष श्याम थापाको अध्यक्षता, सहसचिव मदन सुवेदीको स्वागत र सचिव मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki