Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसइई परीक्षामा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य

bk logo final png
  • BAGLUNGKHABAR
  • २३ असार २०८०, शनिबार ०९:०३

काठमाडौँ, २३ असार। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको थियो । विद्यार्थीले ६७ वटा विषयमा ‘ए प्लस’ प्राप्त गरेका छन् । ‘ए प्लस’ प्राप्त नगरेका सबै विषय ऐच्छिक हुन् । नतिजा अनुसार वातावरण विज्ञान, समाजशास्त्र, नेवारी, उर्दु, संस्कृत भाषा र साहित्य, इलेक्टिभ अङ्ग्रेजी, नीतिशास्त्र, वेद (शुक्ल आयुर्वेद), न्याय, भूगोल, अङ्ग्रेजी, फलित ज्योतिष, तर्क सङ्ग्रह, पत्रकारिता विषयमा कसैले पनि ‘ए प्लस’ प्राप्त गर्न सकेनन् ।

बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार विषयगत रूपमा नौ वटा ग्रेड निर्धारण गरेर नतिजा प्रकाशन गरेको छ । परीक्षाको प्राप्ताङ्कलाई विषयगत रूपमा ‘ए प्लस’ देखि ‘ई’ ग्रेडसम्म वर्गीकरण गरेको छ । ‘ए प्लस’ प्राप्त नगरेका विषयमा विद्यार्थीले तल्लो ग्रेड मात्रै प्राप्त गरेका छन् । सङ्गीत, ज्योतिष, खाद्य विज्ञानलगायतका विषयमा विद्यार्थीले माथिल्लो ग्रेड मात्रै प्राप्त गरेका छन् । ऐच्छिक द्वितीयपत्र कम्प्युटर विज्ञानका परीक्षार्थीले सबैभन्दा धेरै अर्थात् ३१ हजार ८७२ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् । त्यस्तै अनिवार्य विषयतर्फ स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयमा २२ हजार ५७४ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् ।

कार्यालय व्यवस्थापन र लेखामा २२ हजार ८८ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् । अनिवार्य गणितमा १९ हजार ३३०, अनिवार्य अङ्ग्रेजीमा १७ हजार ६२९ र ऐच्छिक गणितमा ‘ए प्लस’ प्राप्त गर्नेको सङ्ख्या १५ हजार ६५८ जना रहेको छ ।

अनिवार्य विज्ञानमा नौ हजार ५७३ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् भने अनिवार्य नेपालीमा तीन हजार ५४० जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् । यस्तै अनिवार्य सामाजिक अध्ययनमा दुई हजार ३९७ जनाको ‘ए प्लस’ आएको छ ।

यसैबिच नतिजामा चित्त नबुझेर फेरि परीक्षा दिन चाहने परीक्षार्थीका लागि बोर्डले आगामी साउन २६ र २७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

लोकप्रिय

क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि नेपाललाई

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki