बागलुङ, २३ असार । बागलुङको धौलागिरी बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयले लिएको बीबीए सातौं सेमेस्टरको परीक्षामा नेपालभरमै उत्कृष्ट नतिजा हासिल गरेको छ ।
धौलागिरी बहुमुखी क्याम्पसको पहिलो ब्याच सातौं सेमेस्टरमा सहभागी छात्रा प्रतिभा गौतमले ४ जिपीए अंक ल्याउँदै त्रिभुवन विश्वविद्यालयमा पहिलो बनेकी हुन् । प्रतिभाको नतिजासँगै क्याम्पस देशभरमानै पहिलो बन्न सकेको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बताए ।
धौलागिरी बहुमुखी क्याम्पसबाट परीक्षामा सहभागी २८ जना विद्यार्थी नै उत्कृष्ट नजिता सहित परीक्षामा उत्तीर्ण भएकाछन् ।
अधिकांश विद्यार्थीको ३.८५ जिपीए भन्दा माथि अंक आएको प्राध्यापक जोन बज्राचार्यले बताए । उनका अनुसार सबैभन्दा कम अंक ल्याउनेले ३.७७ जिपीए अंक ल्याएकाछन् । क्याम्पसले बीबीए कक्षा सुरुवात गर्दादेखिनै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।