बागलुङ, ९ असार । नेपाल प्रेस युनियन बागलुङ शाखाको अध्यक्षमा संगम कुमार घर्ती मगर सर्वसम्मत चयन भएका छन् ।
शनिबार सम्पन्न युनियनको १२ औं बार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
युनियनको उपाध्यक्षमा सुवास आचार्य, समावेशी उपाध्यक्षमा उषा पौडेल, सचिवमा डम्मर बुढा मगर, कोषाध्यक्षमा छविलाल पाण्डे, सहसचिवमा नवराज परियार चयन भएका छन् ।
यस्तै सदस्यहरुमा रामशरण पोखरेल, मञ्जुल शाक्य, भरत सापकोटा, कृष्ण समिर, जितबहादुर क्षेत्री, राजु शर्मा, लिला श्रीस, सुरेश छन्त्याल र चक्रवीर थापा चयन भएको युनियन बागलुङले जनाएको छ ।