बागलुङ, ९ असार । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा शनिबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बागलुङ सदरमुकाम बागलुङ बजारदेखि धम्जा तर्फ जाँदै गरेको ध १ज ७१९० नम्बरको जीप काठेखोला–३ रामचालुमा दुर्घटना हुँदा धम्जाका विजय विकको घटनास्थलमै मृत्यु भएको स्थानीय तिलक खड्काले जानकारी दिए ।
दुर्घटनामा दुई जना महिला घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि बागलुङ सदरमुकाममा रहेको धौलागिरी अस्पताल ल्याइदै गरेको स्थानीय खड्काले बताए ।
जीप करिब सडकदेखि ५० मिटर तल खसेको बताईएको छ ।