Skip to content

follow us

baglungkhabar.tv

31st July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पोखरा लान लागिएकी सुत्केरीको धौलागिरी अस्पतालमा सफल सल्यक्रिया

bk logo final png
  • BAGLUNGKHABAR
  • ५ असार २०८०, मंगलवार ०८:३८

बागलुङ, ५ असार । सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत पोखरा लान लागिएकी बाग्लुङको निसीखोलाकी धौलागिरी अस्पतालमा सफल सल्यक्रिया गरिएको छ ।

जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १९ वर्षीया सीता सुनार सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरि पोखरा लान लागिएकोमा मौसम खराबीका कारण धौलागिरी अस्पतालमा अवतरण गरिएको थियो । सुनार घरमै सुत्केरी व्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिइन ।

स्वास्थ्य केन्द्रमा पनि आज दिउँसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी मेडिकल कलेजमा रिफर गरिएको भएपनि मौसम खराब भएपछि तत्काल धौलागिरी अस्पतालमा अवतरण गरि सल्याक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डक्टर रवि रञ्जन प्रधानले जानकारी दिनुभयो ।

अस्पतालको स्वास्थ्यकर्मीको टिमबाट तुरुन्त सल्याक्रिया गरिएको र सल्यक्रिया सफल भएको प्रधानले बताउनु भयो । अस्पतालका बालरोग विशेषज्ञ डा किरण तिवारी, स्त्री रोग विशेषज्ञ डा विजय ओझा, एनेस्थेसियोलोजिष्ठ डा अमित ढुङगाना, वरिष्ठ निर्सिङ निरीक्षक देवी भटट्राई सहितको टिमले सफल सल्यक्रिया गरेका हुन् ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षा अन्तर्गत सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टरमार्फत उद्धार भएको हो ।

जेठ २७ मा प्रसुती मिति रहेको बताइएको छ । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल रेकर्डर अधिकृत नवराज शर्माले बताउनु भयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki