Skip to content

follow us

baglungkhabar.tv

17th May 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पोखरा लान लागिएकी सुत्केरीको धौलागिरी अस्पतालमा सफल सल्यक्रिया

bk logo final png
  • BAGLUNGKHABAR
  • ५ असार २०८०, मंगलवार ०८:३८

बागलुङ, ५ असार । सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत पोखरा लान लागिएकी बाग्लुङको निसीखोलाकी धौलागिरी अस्पतालमा सफल सल्यक्रिया गरिएको छ ।

जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १९ वर्षीया सीता सुनार सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरि पोखरा लान लागिएकोमा मौसम खराबीका कारण धौलागिरी अस्पतालमा अवतरण गरिएको थियो । सुनार घरमै सुत्केरी व्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिइन ।

स्वास्थ्य केन्द्रमा पनि आज दिउँसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी मेडिकल कलेजमा रिफर गरिएको भएपनि मौसम खराब भएपछि तत्काल धौलागिरी अस्पतालमा अवतरण गरि सल्याक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डक्टर रवि रञ्जन प्रधानले जानकारी दिनुभयो ।

अस्पतालको स्वास्थ्यकर्मीको टिमबाट तुरुन्त सल्याक्रिया गरिएको र सल्यक्रिया सफल भएको प्रधानले बताउनु भयो । अस्पतालका बालरोग विशेषज्ञ डा किरण तिवारी, स्त्री रोग विशेषज्ञ डा विजय ओझा, एनेस्थेसियोलोजिष्ठ डा अमित ढुङगाना, वरिष्ठ निर्सिङ निरीक्षक देवी भटट्राई सहितको टिमले सफल सल्यक्रिया गरेका हुन् ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षा अन्तर्गत सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टरमार्फत उद्धार भएको हो ।

जेठ २७ मा प्रसुती मिति रहेको बताइएको छ । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल रेकर्डर अधिकृत नवराज शर्माले बताउनु भयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

लोकप्रिय

आजको राशिफल

नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

भर्खरै
लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki