Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नाइट क्लब तथा डान्सबार जाने ग्राहकले कर तिर्नुपर्ने

bk logo final png
  • BAGLUNGKHABAR
  • ५ असार २०८०, मंगलवार ०८:२८
पोखरा, ५ असार । गण्डकी प्रदेश सरकारले नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट कर लिने भएको छ । सरकारले आर्थिक ऐन २०८० मार्फत नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट २५ रुपैयाँ कर लिने व्यवस्था गरेको हो ।
ऐनको अनुसूची ४ मा मनोरञ्जन करको व्यवस्था गरेको छ । उक्त अनुसूचीमा नाइट क्लबसँगै, डान्सबार, क्यासिनोमा, भिडिओघर, कन्सर्ट र दोहोरी साँझ जाने ग्राहकबाट कर उठाउने व्यवस्था गरिएको छ ।

क्यासिनो प्रवेश गर्ने ग्राहकबाट १ सय र नाइट क्लब भिडिओघर, कन्सर्ट र दोहोरी साँझ जाने ग्राहकबाट २५ रुपैयाँ कर उठाउने नियम आएको हो ।

चलचित्र प्रदर्शन गर्दा टिकट मूल्यको ५ प्रतिशत रकम कर वापत बुझाउनुपर्ने व्यवस्था पनि सोही ऐनले गरेको छ । रात्रिकालीन मनोरञ्जनको क्षेत्र दोहोरी साँझ जाने ग्राहकबाट प्रदेश सरकारले पहिलोपटक कर उठाउन थालेको हो ।

सांस्कृतिक प्रदर्शन हल, थिएटर÷नाटकघर, फनपार्क, वाटर गार्डेन, बालउद्यानदेखि फुटसल, जुम्बा, मसाज, स्पा, जिपलाइन, बन्जीजम्प, स्विमिङपुल र पार्क प्रवेश गर्ने व्यक्तिले तिर्ने टिकटको मूलयको ५ प्रतिशत रकम करबापत सरकारलाई बुझाउनुपर्ने हुन्छ । सरकारले सर्कस, खेलमेला, जादु, चटके र विभिन्न प्रदर्शनीमा बिक्री हुने टिकटको ५ प्रतिशत रकमे कर लिनेछ ।

टिकट व्यवस्था नभएको हकमा भने सरकारले १ दिनसम्म चल्ने सर्कस, खेल, मेला, महोत्सव, जादु, चटकेबाट दुई हजार, ३ दिनको पाँच, ५ दिनको आठ, ७ दिनको १२, आठदेखि १५ दिनको २० र १६ देखि ३० दिनसम्मको ३० हजार रुपैयाँ कर लिनेछ ।

वातावरण शुल्क लिएर प्रदेशबाट सञ्चालित सिमेन्ट कम्पनीलाई प्रदेश सरकारले करको दायरामा ल्याएको छ । सरकारले सरकारले आर्थिक ऐनमार्फत पहिलोपटक सिमेन्ट कम्पनीलाई करको दायरामा ल्याउन लागेको हो ।

ऐनको दफा ९ मा वातावरण व्यवस्थापन दस्तुरको व्यवस्था छ । सो दफाअनुसार प्रदेशभित्र सिमेन्ट उत्पादन गर्ने उद्योगलाई उत्पादित सिमेन्ट निकासी गर्दा प्रति किलोग्राम २ पैसाको दरले वातावरण व्यवस्थापन दस्तुर तिर्नुपर्ने हुन्छ । उक्त ऐन नयाँ आर्थिक वर्ष सुरुआतसँगै लागुहुनेछ ।

प्राचीन स्मारक तथा पुरातात्विक सम्पदा र संग्रहालय प्रवेशमा पनि प्रदेश सरकारले कर लगाएको छ । प्रदेश सरकारले प्राचीन स्मारक तथा पुरातात्विक सम्पदा र संग्रहालय प्रवेशमा विदेशी तथा स्वदेशी पर्यटकलाई लाग्ने प्रवेश शुल्कको ५ प्रतिशत कर लगाएको छ ।

वन क्षेत्र तथा तालतलैया, गुफा, पार्क, पिकनिक स्थल, भ्यू टावर, संरक्षण क्षेत्र, सिकार आरक्ष प्रवेशमा पनि ५ प्रतिशत कर तोकिएको छ ।

प्रदेश सरकारले आर्थिक ऐनमार्फत पर्यटकीय हवाई चार्टर्ड उडान, प्याराग्लान्डिङ, अल्ट्रालाइट, बन्जीजम्पिङ, केवलकार, जीपफ्लायर, रक क्लाइम्बिङ र क्यानोनिङमा ५ प्रतिशत कर लगाएको छ ।

प्रदेश सरकारले पर्यटक सेवा सूचना केन्द्र स्थापना गरी उपलब्ध गराउने सेवामा विदेशी पर्यटकको हकमा प्रति पर्यटक एक हजार रूपैयाँ र स्वदेशी पर्यटकलाई २ सय रूपैयाँका दरले सेवा शुल्क लाग्ने आर्थिक ऐनले उल्लेख गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki