Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जननिगरानी पत्रिका सातौं वर्षमा प्रवेश

bk logo final png
  • BAGLUNGKHABAR
  • ४ असार २०८०, सोमबार २०:०९

बागलुङ, ४ असार । बागलुङको गुहेली युनिक संचार सहकारी संस्थाबाट प्रकाशित हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिका आइतबारदेखि सातौ वर्षमा प्रवेश गरेको छ ।

पत्रिकाको छैठौं बार्षिकोत्सवको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा ‘तिलक’ले पत्रिकाको थप व्यवसायी प्रतिस्पर्धामा अगाडी बढ्न शुभकामना दिनुभयो । उहाँले प्रत्रिकाले समग्र जिल्लाको समाचार प्रकाशन गर्नुका साथै काठेखोला गाउँपालिकाको गतिविधिको रुपमा छुट्टै पृष्ठ प्रकाशित गरि गाउँपालिकाको विकासको बारेमा गाउँबासीलाई जानकारी गराउन सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले पत्रिकालाई थप परस्कृत गरेर लैजानुपर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष थापाले काठेखोला भित्रका सकरात्मक र विकास निर्माणका साथै नराम्रा कुरा हुन लागेमा आफुहरुलाई सजग गराउन समेत सञ्चार माध्यम र संचारकर्मीहरुलाई आग्रह गर्नुभएको थियो । उपाध्यक्ष थापाले देशको शुसासन बलियो हुन र नागरिक अधिकार सम्पन्न हुन पत्रकारिता मर्यादित हुनुपर्ने बताउनुभयो । ‘जुन देशको पत्रकारिता मर्यादित, सबल र सक्षम हुन्छ त्यस देशको सुशासन बलियो र नागरिक अधिकार सम्पन्न हुन्छन्,’ उपाध्यक्ष थापाले भन्नुभयो,‘पत्रकारितामा अगाडी बढ्न कयौ प्रकारका चुनौतीहरु छन् ।’

देशका कयौं युवाहरु विदेश पलायन भइरहेको अवस्थामा पत्रकारिता क्षेत्र पनि त्यसबाट अछुतो रहन नसकेको उपाध्यक्ष थापाले बताउनुभयो । ‘अहिले देशको युवा जनशक्तिलाई यही व्यवस्थापन गन नसकेको दुःखको साथ भन्नु परेको छ,’ उपाध्यक्ष थापाले भन्नुभयो,‘यो समस्या एउटा पालिकाको मात्र नभइ देशकै समस्या रहेकोले युवालाई देशमै रोक्नको लागि सवै क्षेत्रले भुमिका खेल्नुपर्ने बताउनुभयो ।’

काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष बिद्यापती शर्मा, वडा नम्बर ४ तंग्रामका वडाअध्यक्ष लक्ष्मण पुन, गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका अधिकृत चोला वाग्ले, रास्ट्रिय सहकारी बैंकका संचालक राम बहादुर जिसी, नेपाल पत्रकार महासंघ बागलुङका पुर्वअध्यक्ष मुकेश राजभण्डारी र सहसचिव सिर्जना पन्तले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव कार्यक्रमको संचालन सचिव सुर्य बहादुर थापाले गर्नुभएको थियो ।

२०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थापना भएको गुहेली युनिक सञ्चार सहकारी संस्था लिमिटेडले हाल जननिगरानी साप्ताहिक पत्रिका र खबरवे अनलाईन संचालन गर्दै आएको छ । यस्तै सहकारीले काठेखोला गाउँपालिका–२ भीमापोखरामा मुख्य कार्यालय र बागलुङ नगरपालिका–२ जिपपार्कमा सेवा केन्द्रको स्थापना गरी सेवा प्रवाह गरिरहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki