Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

छ महिनामै तीन सांसद निलम्बित

bk logo final png
  • BAGLUNGKHABAR
  • १ असार २०८०, शुक्रबार २०:१२

काठमाडौं, १ असार । आम चुनाव भएको ६ महिनाभित्रै तीन जना सांसद निलम्बित भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा गएसँगै निलम्बित सांसदको संख्या तीन पुगेको हो ।

रायमाझी गत ४ मंसिरमा सम्पन्न चुनावमा अर्घाखाँची १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यसअगाडि नै दुई सदस्य निलम्बित छन् ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनी निलम्बनमा रहेका हुन् । भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था अनुसार उनी गत पुस ८ गतेबाट निलम्बनमा परेका हुन् ।

अर्का फरार सांसद लक्ष्मी महतो कोइरी पनि निलम्बनमा छन् ।

२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै संसद सचिवालयलाई दोस्रो पटक पत्र पठाएपछि गत वैशाख १९ गते सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । महतो गत ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित एमाले सांसद हुन् ।

सांसद पक्राउ सम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा छ । प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहे सांसद पद निलम्बन हुन्छ । कुनै पनि अदालतले पुर्पक्षको लागि थुनामा पठाएमा पनि निलम्बन हुन्छ । थुनामा नबसी फरार रहेको भए पनि सांसद पद निलम्बनमा पर्छ ।

निलम्बनमा रहेको अवधिबार पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुन्छ । अभियोग पुष्टि नभएको खण्डमा थुना मुक्त भएमा स्थगित पारिश्रमिक, सेवा र सुविधा एकमुष्ट प्राप्त हुन्छ ।

अनलाइन खबरमा समाचार रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

लोकप्रिय

क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि नेपाललाई

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki