Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बिहीबारदेखि सुरु भएको शैक्षिक मेला एक दिन पनि नचल्दै बन्द

bk logo final png
  • BAGLUNGKHABAR
  • १ असार २०८०, शुक्रबार ०८:३२

काठमाडौँ, १ असार । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले बिहीबारदेखि सुरु गरेको शैक्षिक मेला एक दिन पनि नचल्दै काठमाडौँ महानगरपालिकाले स्थगित गरिदिएको छ।

मेला राजधानीको भृकुटीमण्डपमा सञ्चालन गरिएको थियो। सभामुख देवराज घिमिरेले बिहीबार बिहान मेला उद्घाटन गर्नुभएको थियो। सभामुखले उद्घाटन गरेको केही घण्टामै महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा गएको टोलीले मेला बन्द गर्न लगाएको हो।

मेला स्थगित गराउनुमा महानगरपालिकाले दुई वटा तर्क अघि सारेको छ। आफूहरूलाई जानकारी नगराई मेलाको आयोजना गरेको र माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक नहुँदै विद्यार्थीलाई प्रलोभनमा पारेर विद्यालय/कलेज सञ्चालकले विद्यार्थीको भर्ना, नाम दर्ता तथा सम्पर्क नम्बर टिपेर राखेकाले मेला स्थगित गर्न लगाइएको कामपाको भनाइ छ। मेलामा विशेष गरेर एसइई दिएर बसेका विद्यार्थीलाई माथिल्लो तहमा कुन विषय पढ्ने र कुन विषय पढ्दा कति शुल्क लाग्छ लगायतका विषयमा जानकारी गराइएको थियो।

एसइईको नतिजा सार्वजनिक नभएसम्म विद्यार्थी भर्ना प्रक्रिया सुरु नगर्न महानगरपालिकाले जेठ २४ गते नै सार्वजनिक सूचना जारी गरेर कलेज/विद्यालय सञ्चालकलाई सचेत गराएको थियो तर मेलामा उक्त सूचनाविपरीत सञ्चालकले विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएको तथा केही कलेजले मेलामा नै विद्यार्थी भर्नासमेत गरेको महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो।

मेलामा विद्यार्थी भर्ना प्रक्रिया अघि बढाइएको छ कि छैन भन्ने विषयमा सूचना सङ्कलन गर्न महानगरपालिकाले बिहीबार नै सुराकीका रूपमा आफ्ना कर्मचारी खटाएको थियो। अभिभावक बनेर भर्ना प्रक्रियाबारे जानकारी लिन गएका ती कर्मचारीलाई मेलामा राखिएका स्टलका परामर्शदाताले विषयगत रूपमा पढ्दा आफ्नो शैक्षिक संस्थामा लाग्ने शुल्क, छात्रवृत्तिलगायतका विषयमा जानकारी दिएर उनीहरूको सम्पर्क ठेगानासमेत राखेको थियो। त्यसपछि ती कर्मचारीले यसबारेमा महानगरपालिका प्रमुख बालेन्द्र शाहको सचिवालयमा जानकारी गराएका थिए।

गोरखापत्रमा समाचार रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki