Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जनप्रतिनिधि, शिक्षक र कर्मचारी जुवा खालमा

bk logo final png
  • BAGLUNGKHABAR
  • ३२ जेष्ठ २०८०, बिहीबार ०८:५७

बेसीसहर, ३२ जेठ । लमजुङको दोर्दी गाउँपालिका ४, नौथर शेराबाट प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १ लाख १ हजार ६ सय २५ रुपैयाँसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

शेराको ए वान रेष्टुरेन्टमा तास खेल्दै गर्दा उनीहरू मंगलबार साँझ ५ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए। उनका अनुसार पर्शुराम गुरुङले सञ्चालन गर्दै आएको रेष्टुरेन्टमा हारजितको बाजी राखेर तास खेलिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लिलबहादुर गुरुङ, राम अधिकारी, निलबहादुर गुरुङ, प्रेमकुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ रहेका छन्। उनीहरूबाट १ सय ५२ पत्ति तास पनि बरामद भएको छ।

पक्राउ परेकामध्ये लिल बहादुर गुरुङ सोही वडा ९वडा नं। ४० का जननिर्वाचित वडा सदस्य हुन्। प्रेम कुमार राना सोही वडामा रहेको नौथर स्वास्थ्य इकाईका प्रमुख हुन् भने राम अधिकारी दोर्दी(६ मा रहेको ढोडेनी आधारभूत विद्यालयका स्थायी शिक्षक रहेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार पक्राउ परेका जुवाडेहरुले अनलाइन ९मोबाइल बैंकिङ०बाट रकम भुक्तानी गरेको समेत देखिन आएको छ। यसतर्फ पनि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको उनले बताए। उनीहरूलाई बुधबार जिल्ला प्रशासन कार्यालय, लमजुङबाट जुवासम्बन्धी कसूरमा थप अनुसन्धानको लागि म्याद थप गर्ने तयारी गरिएको रेग्मीले बताए।

प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले मुलुकी अपराध संहिता २०७४, बमोजिम पहिलो पटक जुवा खेल्ने र खेलाउने दुवैलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने र बरामद गरिएको रकम समेत जफत हुने उल्लेख रहेको बताए।

उनका अनुसार दोस्रो पटक जुवा खेल्ने र खेलाउनेलाई पटकै पिच्छे थप ३ महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki