बागलुङ, २९ जेठ । जिल्ला अदालत बागलुङले अप्राकृतिक मैथुन गरेको अभियोगमा एक पुरुषलाई १२ वर्ष ६ महिना कैद फैसला गरेको छ ।
८ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बडिगाड गाउँपालिका–७ का १९ बर्षिय इमानसिंह रानालाई जिल्ला अदालत बागलुङका जिल्ला न्यायाधिश दिवाकर भट्टले १२ वर्ष ६ महिना कैद सजाय र ४० हजार रुपैयाँ जरिवानाको फैसाला गरेको इजलाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।
२०७९ साउन २० गते पीडित बालकलाई रानाले अप्राकृतिक मैथुन गरेको भन्दै पीडित पक्षले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । उजुरीको आधारमा प्रहरीले सोही दिन नै रानालाई घरबाटै पक्राउ गरेर अनुसन्धान गरी २०७९ भदौ १३ गते जिल्ला अदालत बागलुङमा अप्राकृतिक मैथुन कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।
अदालतको भदौ १५ गतेको आदेशले आरोपित रानालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।










