काठमाण्डौँ, १९ जेठ । विशेष अदातलले सहसचिव चुडामणि शर्मासहितलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
चुडामणि शर्मासहित तीना जनाविरुद्ध गैरकानुनी सम्पत्तिमा सफाइ मिलेको छ । राजश्व चुहावटमा दोषी ठहर गरिएको हो । सजाय तोक्नका लागि जेठ २५ मा पेसी तोकिएको छ । ३ वर्षभन्दा बढी कैद हुने मुद्दामा १ महिनाभित्र सजाय निर्धारण गर्न पेसी तोक्नुपर्ने व्यवस्थाअनुसार त्यो भएको हो, विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले भने, सोही मुद्दाका २ अभियुक्तलाई जरिवाना तोकिएको छ भने पाँच अभियुक्तले सफाइ पाएका छन् ।
विशेष अदालततले २५ जेठमा सजाय निर्धारण गर्ने भएको छ। उनीविरुद्ध ८, १० वर्ष कैद हुन सक्ने बताइएको छ। उनीविरुद्ध भ्रष्टाचारका दुई मुद्दा थिए।
११ असोज ०७८ मा राजस्व चुहावटको आरोप लागेका शर्मालाई विशेष अदाललते ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उनीविरुद्ध सदस्य सचिव रहेको समयमा विभिन्न व्यापारिक कम्पनीबाट असुल्नुपर्नेमा राजस्व मिनाह गरेर राज्यकोषमा हानी पुर्याएको आरोप लागेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा शर्माले एक अर्ब ३३ लाख बीस हजार तीन सय पचासी रुपैयाँ कर छुट दिएर राज्यलाई हानी पुर्याएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।