Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ने.वि संघद्वारा अन्तर विद्यालय क्वीज कार्यक्रम गुराँस विद्यालयमा सम्पन्न

bk logo final png
  • BAGLUNGKHABAR
  • १४ जेष्ठ २०८०, आईतवार २२:१३

बागलुङ, १४ जेठ । नेपाल विद्यार्थी संघ बागलुङको आयोजनामा आज एक कार्यक्रमका बिच गराँस विद्या सदनमा कवीज कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघठन बागलुङका सक्रिय सदस्यहरुले उक्त कार्यलाई अगाडि बढाउने प्रयास गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाल महिला संघ बागलुुङकी अध्यक्ष शकुन्तला शर्मा, विशिष्ट अतिथिमा गुराँस विद्या सदनका प्रधानाध्यापक निसान खड्का तथा अतिथिहरुमा नेपाल विद्यार्थी संगठन बागलुङका मनोज पौडेल, सुन्दर आचार्य तथा मनोज जि.सी रहनुभएको थियो भने विद्यालयका तर्फबाट सहप्रधानाध्यापक बन्दना जोशी पौडेल तथा शिक्षकहरु विपिन थापा मगर, रामु जि.सी तथा मिलन खत्री रहनुभएको थियो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सचिव तथा पत्रकार नारायण रिजालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन नेपाल महिला संघ बागलुुङकी अध्यक्ष शकुन्तला शर्माले विद्यार्थीहरुलाई प्रश्न सोधेर गर्नुभएको थियो । प्रश्नको सही जवाफ बताउने एक जनालाई पुरस्कारको व्यवस्था पनि रहेको थियो । प्रश्नको सही जवाफ दिने कक्षा ८ का छात्र सुशील क्षेष्ठलाई उहाँले पुरस्कार पनि प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा गुराँस विद्या सदनका कक्षा ८,९ र १० का विद्यार्थीहरु उपस्थित भएका थिए । संगठनले नै कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई मात्र प्रतियोगितामा समावेश गर्ने भएकाले तीन वटा कक्षाका विद्यार्थीहरुको मात्र उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष तथा नेपाल विद्यार्थी संगठन बागलुङका अध्यक्ष विशेष पराजुलीले कार्यक्रमको तथा क्वीजको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो, “क्वीजमा ४० प्रश्न हुन्छन् र सम्पूर्ण प्रश्नका चार विकल्पहरु हुन्छन् । विद्यार्थीले उत्कृष्ट विकल्प छनोट गर्नुपर्नेछ । विद्यार्थीले गलत उत्तर लगाएपनि अंक कट्टा गरिनेछैन् र उत्तर पनि विद्यार्थीले नै परीक्षण गर्नेछन् । परीक्षण पश्चात प्राप्त भएको अंक मात्रै बुझाउनेछन् र निर्णय लिइनेछ ।”

संगठनले यो कार्यलाई बागलुङ जिल्लाभरि नै गर्ने सोच बनाएको छ । कार्यक्रमको शुरुवात आजबाट यहि गुराँस विद्या सदन विद्यालयबाट नै गरेको हो । अब जिल्लाका सम्पूर्ण विद्यालयमा यो कार्यक्रम चलाइनेछ र विद्यार्थी छनोट कार्य अगाडि बढाइनेछ । पहिला विद्यालयबाट क्वीज खेल्न जाँदा शिक्षकले छनोट गरेर पठाउने चलन थियो तर यस कार्यक्रममा शिक्षकले छानेको होइन विद्यार्थी जो जान्ने छ, जसले परीक्षामा बढी अंक ल्याउछ उसैलाई नै छनोट गर्ने गरिन्छ ।

कार्यक्रममा नेपाल महिला संघ बागलुुङकी अध्यक्ष शकुन्तला शर्माले आफ्नो भनाई राख्दै गुणस्तरीय शिक्षालाई विशेष जोड दिनुभएको थियो । त्यस्तै कार्यक्रममा गुराँस विद्या सदनका प्रधानाध्यापक निसान खड्काले पनि आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतियोगितामा कक्षा ८,९ र १० का सम्पूर्ण विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रमको पहिलो राउण्डमा गुराँस विद्या सदनबाट सम्पदा चोखाल, अग्रता क्षेत्री र चाँदनी के.सी छनोट हुनुभएको छ । उहाँहरुले ५० प्रतिशत अंक प्राप्त गरी छनोट हुनुभएको हो । छनोट भएका विद्यार्थीलाई एक एक प्रति सामान्य ज्ञानको व्यवस्था गरिएको थियो । पुरस्कार कार्यक्रमको प्रमुख अतिथि नेपाल महिला संघ बागलुुङकी अध्यक्ष शकुन्तला शर्माको हातबाट प्रदान गरिएको थियो भने पुरस्कारको सौजन्य नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले गर्नुभएको थियो ।

पुरस्कृत भएपछि कक्षा १० की छात्रा सम्पदा चोखालले आफ्नो भनाई राख्नुभएको थियो । चोखालले यस्तो खालको कार्यक्रममा आफ्नो पहिलो प्रयास भएको र यस्तो खालको कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न महत्त्रपूर्ण भूमिका खेल्नेमा जोड दिनुभयो ।

कार्यक्रम नेपाल विद्यार्थी संगठन बागलुङका स्ववियू सभापति सुदिप कडेलको सञ्चालन तथा नेपाल विद्यार्थी संगठन बागलुुङका अध्यक्ष विशेष पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तस्विरहरु :-

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki