बागलुङ, १० जेठ । देश आर्थिक संकटबाट गुर्जिरहेको समयमा बागलुङको जैमिनी नगरपालिकाले भने महङ्गो गाडी खरिद गरेको छ ।
यस अघि २ वटा गाडी खरिद गरेको नगरपालिकाले यस पटक अर्को गाडी खरिद गरेको हो । अब यो संगै जैमिनी नगरपालिकाको ३ वटा गाडी भएका छन् । पालिकाले ६० लाख रुपैयाँ लागतको महिन्द्रा कम्पनीको स्कारपिओ गाडी खरिद गरेको हो । जसको बजार मूल्य मोडल अनुसार साँढे ५८ लाख देखि माथि छ ।
पालिकाले गाडी खरिद गरेपछि सामाजिक सञ्जालमा यसको ब्यापक बिरोध भएको छ ।आर्थिक मन्दिको कारण कैयौँ योजनाहरु प्रभावित भईरहेको समयमा जैमिनी नगरपालिकाले भने महङ्गो गाडी खरिद गरेको हो ।
पालिकामा गाडीको भन्दा पनि जनताको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको आवश्यकता रहेको उल्लेख गर्दै जनताको आवश्यकतालाई ध्यान दिन अनुरोध गरिएको छ ।
यस बिषयलाई पालिकाले आफुहरु आउनु भन्दा अघिल्लो कार्यपालिका बैठकको निर्णयलाई कार्यान्वयन गरिएको बताउँदै आएको छ ।