Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सिंहदरबारका मन्त्रालयहरू मिटिङका अखडा बन्दै

bk logo final png
  • BAGLUNGKHABAR
  • १० जेष्ठ २०८०, बुधबार ०९:०२

काठमाडौं, १० जेठ । सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा सचिव सहसचिव जुनसुकै समयमा पनि मिटिङमा व्यस्त हुने गर्दा सेवाग्राहीहरू उच्च पदस्थलाई भेट्न पाउँदैनन् । सचिव सहसचिवलाई भेट्न घण्टौं कुर्नुपर्ने अवस्था छ ।

मन्त्रालयमा दिनहुँजसो मिटिङ हुने भए पनि मिटिङले गरेकामध्ये ८० प्रतिशतभन्दा बढी निर्णय कार्यान्वयन नै नहुने गरेको सरकारी अधिकृतको दाबी छ । सचिव सहसचिवको लगातारको मिटिङले मन्त्रालयमा शाखा अधिकृत तथा खरिदार सुब्बालगायतका कर्मचारीहरू नै अचम्ममा पर्ने गरेका छन् ।

यतिसम्म कि मुख्य सचिवको अध्यक्षतमा हुने सचिव बैठककै कैयौं निर्णयहरू कार्यान्वयन नभई त्यसै थन्कने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक शाखा अधिकृतका अनुसार सचिव बैठक नियमित भए पनि बैठकले गरेका कैयौं निर्णयहरू त्यसै अलपत्र पर्दै आएका छन् । मुख्य सचिवको अध्यक्षतामा बस्ने सचिव बैठकले गरेका निर्णयहरूको अनुगमन गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयको भए पनि त्यस सम्बन्धमा कहिल्यै कुनै अनुगमन नहुने गरेको ती शाखा अधिकृतको भनाइ छ ।

नीति निर्माण तहमा समेत पहँुच राख्ने सिंहदरबारका सचिव सहसचिवहरू लगातार मिटिङमा व्यस्त हुने गर्दा पनि जनसरोकारका समस्याहरू समाधान गर्ने प्रभावकारी योजना र कार्यक्रम ल्याउन सकेका छैनन् ।

‘शिक्षा र स्वास्थ्यमा अत्यधिक विकृति छ, जनताहरू महँगीको मारले आक्रान्त छन् तर सचिव सहसचिवको दिनहुँको बैठकले जनताका यी समस्या समाधान गर्ने विषयमा ठोस पहल र निर्णय गर्न सक्दैन’ –प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । कैयौं सचिव सहसचिव बाहिरी काममा व्यस्त हुँदा पनि उनीहरू कार्यालयकै मिटिङमा व्यस्त भएको भन्दै सन्देश दिने गरेको स्रोतको दाबी छ ।

मिटिङमा मात्रै वार्षिक करोडौं रुपियाँ खर्च हुने गरेको छ भने मिटिङबाट हुने ८० प्रतिशत निर्णय नै कार्यान्वयन नहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विभिन्न अध्ययनहरूले देखाएको छ । प्रशासकहरूले कैयौं मिटिङ मन्त्रालयमा गर्न छोडेर महँगो तारे होटलमा समेत गर्ने गरेको बताइन्छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

लोकप्रिय

क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि नेपाललाई

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki