Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

यात्री बाइकको च्यासिस गुड्दागुड्दै भाँच्चियो, पूरानो फोटो भनेर कम्पनीले गर्यो झुठो दाबी

bk logo final png
  • BAGLUNGKHABAR
  • ९ जेष्ठ २०८०, मंगलवार ०८:२५

काठमाडौं, ९ जेठ । सोमबार सामाजिक सञ्जालमा ‘यात्री’ बाइकको फोटो भाइरल बन्यो । जुन फोटोमा मोटरसाइकलको अगाडिको च्यासिस भाँच्चिएको देखिन्छ । प्रत्यक्षदर्शीहरुले उक्त मोटरसाइकलको च्यासिस गुड्दागुड्दै भाँच्चिएको बताएका छन् ।

तर, कम्पनीले भने उक्त फोटो अहिलेको नभएर पूरानो भएको दाबी गरेको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकबाटै जानकारी दिँदै कम्पनीले उक्त फोटो परीक्षणकालको भएको दाबी गरेको छ । ‘परिस्थितिको सन्दर्भ बिना नै हाम्रो बाईकको केही तस्विरहरु इन्टरनेटमा प्रसार भइरहेका छन् । यो परीक्षणको लागि प्रयोग भएको मोटरसाइकल हो, ग्राहकले किनेको वा ग्राहकलाई बिक्रि गरिएको मोटरसाइकल होइन ।’ कम्पनीको पोष्टमा उल्लेख छ ।

तर, च्यासिस भाँच्चिएको यात्री मोटरसाइकलको उक्त फोटो पूरानो नभएर नयाँ नै भएको पुष्टी भएको छ । फोटो खिच्ने जयराम तिवारीले पनि उक्त फोटो सोमबार नै खिचेको दाबी गरेका छन् । ‘हामी दुई जना बालाजु बाइसधारातिर हिँड्दै आइरहेका थियौँ । बालाजु चोक कटिसकेपछि नयाँ बजारतिरबाट बालाजु चोक जानेतर्फ बाइक लम्पसार परेको थियो । मैले त खासै याद गरेको थिइन । सँगै भएको बाबुले ‘यात्री बाइक–यात्री बाइक’ भन्यो, अनि ठ्याक्क गइयो ।’, उनले भने, ‘बाइक रोडबाट पेटीपट्टी उकालेको रहेछ । अनि त्यहीबेला फोटो खिचेको हो ।’

यतिमात्र होइन, तिवारीले खिचेको उक्त फोटोको मेटाडेटा जाँच गर्दा पनि उक्त फोटो सोमबार दिउँसो ३ बजेर ८ मिनेट ४३ सेकेण्डमा काठमाडौंको बालाजु क्षेत्रमा नै खिचिएको पाइएको छ । तिवारीले आइफोन १४ प्रोबाट २२ मे २०२३ अर्थात सोमबार नै उक्त फोटो खिचेको पाइएको हो । तर, कम्पनीले उक्त फोटो परीक्षणकालको हो भनेर गरेको दाबी भने झुटो साबित भएको छ ।

गत बैशाख १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निर्देशनमा नेपालमा नै उत्पादन भएका सवारी साधनको दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गरी कानुन नै बनाएर यात्रीलाई नम्बर प्लेट दिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki