Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गुराँस विद्या सदनमा युवा रेडक्रस सर्कल गठन

bk logo final png
  • BAGLUNGKHABAR
  • ४ जेष्ठ २०८०, बिहीबार १९:४०

बागलुङ, ४ जेठ । गुराँस विद्या सदनमा आज एक औपचारिक कार्यक्रमका बिच युवा रेडक्रस सर्कल जुरेस/ युरेस गठन भएको छ ।

कार्यक्रमको अध्यक्षता गुराँस विद्या सदनका प्रधानाध्यापक निशान खड्काले गर्नुभएको थियो भने विशिष्ट अध्यक्ष नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका कोषाध्यक्ष जीवननाथ शर्मा तथा प्रमुख अतिथिमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका अध्यक्ष जगन्नाथ शर्माले गर्नुभएकोे थियो । राष्टिय गान गाएर कार्यक्रमको शुरुवात गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका कोषाध्यक्ष जीवननाथ शर्माले रेडक्रसको परिचय, रेडक्रसले गर्ने कार्य, रेडक्रसको शुरुवात र विद्यार्थीले निभाउनुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नुभएको थियो ।

बागलुङ शाखाका अध्यक्ष जगन्नाथ शर्माले आफूले धेरै वर्ष यहि शिक्षण पेसा गरेको र शिक्षण संस्थामा आउदा आफूलाई घरमा नै आएजस्तो लाग्ने गरेको बताउनुभयो । त्यस्तै विद्यालयका प्रधानाध्यापक खड्काले पनि रेडक्रसका बारेमा आफनो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सुहानी के.सी को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पनि गठन भएको छ । समितिमा अध्यक्ष सुहानी के.सी, उपाध्यक्ष सम्पदा चोखाल, सचिव विराट पौडेल, सपसचिव आसिक क्षेत्री, कोषाध्यक्ष सृष्टि क्षेत्री, सहकोषाध्यक्ष रोनिसा कार्की तथा सदस्यहरु नेल्सन बोहोरा, कृतिका जि.सी, चाँदनी के.सी, सुहानी के.सी र डेविड थापा चयन भएका छन् । त्यस्तै समितिको संयोजकमा प्रधानाध्यापक निशान खड्का रहनुभएको छ भने सदस्यमा शिक्षकद्वय रामु जि.सी र अरुणा थापा चयन हुनुभएको छ । कार्यसमितिहरु सर्वसम्मत रुपमा चयन भएका हुन् ।

कार्यक्रममा अवधिभर विद्यार्थीहरुको उल्लख्य सहभागिता रहेको थियो ।

गुराँस विद्या सदनका प्रधानाध्यापक  खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन ओमकार पौडेलले गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki