Skip to content

follow us

baglungkhabar.tv

28th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सुनचाँदी व्यवसायमा स्वदेशी कामदारको अभाव, विदेशी श्रमिककै भर

bk logo final png
  • BAGLUNGKHABAR
  • २ जेष्ठ २०८०, मंगलवार ०९:१५

काठमाडौँ, २ जेठ । सुुनचाँदी व्यवसायमा काम गर्ने विदेशी कामदारले वार्षिक करिब ३० अर्ब रुपियाँभन्दा बढी रकम नेपालबाट बाहिर लाने गरेका तथ्याङ्कले पुष्टि गरेको छ । मुुलुकभित्रै रोजगारी नपाएर दैनिक दुुई हजारदेखि दुुई हजार पाँच सयको सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका बेला सुनचाँदी व्यवसायीमा भने कामदार अभाव रहेको पाइएको छ ।

यस क्षेत्रमा काम गर्ने दक्ष स्वदेशी दक्ष जनशक्ति नहुुँदा भारत र बङ्गलादेशबाट आएका कामदारले सो रकम लाने गरेका छन् । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुसार मुुलुकभर सुनचाँदी व्यवसायमा दुुई लाखको हाराहारीमा कालिगडले काम गरिरहेका छन् । जसमा झन्डै एक लाख स्वदेशी र एक लाख विदेशी कामदार रहेका छन् । सुनचाँदी व्यवसायमा काम गर्ने अधिकांश कालिगड भारतीय र बङ्गाली मूलका रहेका छन् ।

महासङ्घका अनुसार एक लाख विदेशी कालिगडले मासिक दुुई अर्ब ५० करोड रुपियाँ र वार्षिक झन्डै ३० अर्ब रुपियाँ नेपालबाट बाहिर लाने गरेका छन् । सुुनचँदी पसलमा काम गर्ने अर्धदक्ष र दक्ष कामदार रहेका छन् । नेपालमा कमाएको रकम यहाँ केही मात्रामा खर्च गर्ने भए तापनि ठूलो हिस्सा भने बाहिरिने गरेको पाइएको छ । साथै विदेशी श्रमिकले कमाएको रकमबाट सरकारलाई कुनै पनि प्रकारको कर राजस्व आम्दानी हुने गरेको पाइँदैन । तिनले मासिक न्यूूनतम २५ हजारदेखि एक लाख रुपियाँसम्म तलब खाने गरेको बताइएको छ ।

प्रतिकालिगडलाई न्यूनतम मासिक २५ हजार रुपियाँको दरले दिँदा वार्षिक ३० अर्ब रुपियाँ बाहिर जाने गरेको तथ्याङ्क छ । गहना निर्माण गर्ने उच्चस्तरका कालिगडले मासिक एक लाख रुपियाँसम्म तलब खाने गरेको व्यवसायीको भनाइ छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले दक्ष जनशक्ति नहुुँदा बाहिरबाट आएका कालिगडले अर्बौं रुपियाँ नेपालबाट बाहिर लाने गरेको जानकारी दिनुुभयो । सुनचाँदी पसलमा काम गर्ने आधाभन्दा बढी भारत र बङ्गलादेशबाट आएका कालिगडले मासिक तीन अर्बभन्दा बढी रकम बाहिर लाने गरेको जानकारी दिनुुभयो । स्वदेशमै गहना बनाउने राम्रो सिप भएका कालिगड नहुुँदा बाहिरबाट दक्ष जनशक्ति झिकाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सुनचाँदी व्यवसायमा जनशक्ति उत्पादन गर्न सरकारी तवरबाट कुुनै कार्यक्रम आउन सकेको छैन । निजी क्षेत्रबाट तालिम दिएर दक्ष बनाउने प्रक्रिया चालु छ तर दक्ष बनेलगत्तै नेपाल वैदेशिक रोजगारीमा जाने हुुँदा अझै पनि अभाव रहेको उहाँको भनाइ छ ।

निजी क्षेत्रबाट तालिमको सुरुवात हुुन थालेको शाक्यले जानकारी दिनुुभयो । “तीन वर्षअघि प्रधानमन्त्री रोजगार कार्यव्रmममा तालिम तथा रोजगारी दिने भनेर कार्यव्रmम राखिएको थियो, जुुन कार्यान्वयनमा आउन सकेन,” उहाँले भन्नुुभयो । महासङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को समन्वय र अनुुमतिमा तालिम दिने काम भइरहेको जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सरकारले दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्था गरे सुनचाँदी व्यवसायमा धेरैलाई रोजगारी दिन सकिने जानकारी दिनुुभयो ।

नेपालमा रोजगारी नपाएर दिनहुुँजसो वैदेशिक रोजगारीमा गएका छन्, सुनचाँदी व्यवसायमा विदेशबाट कालिगड आएर काम गरिरहेको उहाँको भनाइ छ । महासङ्घका अनुुसार मुलुकमा वार्षिक एक खर्ब रुपियाँ बराबरको सुुनचाँदीको कारोबार हुने गर्छ । यसबाट वार्षिक तीनदेखि चार अर्ब रुपियाँ राजस्व सङ्कलन हुने गर्छ । मुलुकभर २३ हजार सुनचाँदी व्यवसायी छन् । आजको गोरखापत्रमा समाचार रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

लोकप्रिय

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

धौलागिरि गण्डकी यातायात प्रालिको अध्यक्षमा उमेश केसी

मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाख रुपैयाँ सङ्कलन

ढोरपाटन उपत्यकामा पुग्यो बिजुली

अवैध स्लेट ढुङ्गा ओसारपसार गर्ने सवारी नियन्त्रणमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki