Skip to content

follow us

baglungkhabar.tv

13th July 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘एक वडा, एक पहिचान’ अन्तर्गत तंग्राममा जनजाति सङ्ग्रहालय स्थापना

bk logo final png
  • BAGLUNGKHABAR
  • ५ बैशाख २०८०, मंगलवार १८:०१

नवीन शिशिर विक
बागलुङ, ५ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राम सबै भन्दा बढी जनजाति (मगर) समुदायको बसोवास भएको क्षेत्र हो । जनजाति कला, संस्कृति, रहनरहन, चलन चल्ती, भेषभुषा तथा भाषिक भिन्नताको लागि पनि तंग्राम परिचित छ ।

काठेखोला गाउँपालिकामा पहिलो पटक जनप्रतिनिधि निर्वाचित भए पछि ‘एक वडा, एक पहिचान’ कार्यक्रम अन्तर्गत तंग्राम चापोट (साविक–३) क्षेत्रमा जनजाति सङ्ग्रहालय स्थापना गर्न सुरु गर्‍यो ।

गाउँपालिकाको क्रमागत योजनामा समावेश पर्यटन तथा जनजाति सङ्ग्रहालय निर्माणको लागि विस २०७५ सालमा पाँच लाख, ०७६ मा २० लाख, ०७७ मा १३ लाख, ०७८ मा १५ लाख र ०७९ मा पाँच लाख रुपियाँ गरी हालसम्म ५८ लाख रुपियाँ खर्च भएको छ ।

यद्यपी सङ्ग्रहालय भवन अझै सम्पन्न भएको छैन । भवनको छानो हाल्ने तथा अन्य आधारभुत संरचना निर्माण गर्न बाँकी रहेको निर्माण समितिका अध्यक्ष रनबहादुर पुनले जानकारी दिनुभयो । उक्त सङ्ग्रहालयमा गाउँपालिका भित्र बसोबास गर्ने विभिन्न जाति/जनजातिको पहिचान झल्कने सामाग्रीहरु लक्ष्य छ ।

जनजाति सङ्ग्रहालय निर्माण स्थलको करिव दुई किलो मिटरको दुरी तल पर्ने काफलबोट क्षेत्रमा उस्तै प्रकृतिको जीमाक सङ्ग्रहालय  निर्माण थालिएको छ । उक्त सङ्ग्रहालय निर्माणको अन्तिम चरणमा छ ।

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणधिन सङ्ग्रहालयमा विश्वका विभिन्न क्षेत्रमा प्रयोग हुने साँस्कृतिक बाजाको संरक्षण तथा सांगीत कला प्रशिक्षणको रुपमा विकास गर्ने लक्ष्य रहेको संरक्षण हेमराज आश्रमले जानकारी दिनुभयो ।

‘‘हामीले यहाँ विभिन्न देशका मुख्य बाजाहरु संग्रह गर्ने लक्ष्य राखेका छौँ’ संरक्षक आश्रमले भन्नुभयो–‘‘यसले नेपाली लोक बाजाहरुको संरक्षण हुनुका साथै विश्वभर रहेका बाजाहरु बारे संगीत र संस्कृतिमा रुची राख्नेलाई पाठशाला हुनेछ ।

२०७६ सालदेखि निर्माण थालिएको सङ्ग्रहालयको कुल लागत एक करोड ३० लाख रुपियाँ उल्लेख छ । सङ्ग्रहालय निर्माणमा गण्डकी प्रदेश सरकारले तीन आर्थिक बर्षमा गरि एक करोड ३० लाख रुपियाँ विनियोजन गरेको छ ।

काठेखोला गाउँपालिकाले पनि ९० हजार रुपियाँ बिनियोजन गरेको थियो । त्यस रकमबाट जिमाक सङ्ग्रहालय जाने बाटो सुधार गर्नुका साथै मादलको प्रतिमा निर्माण गरिएको छ । सङ्ग्रहालय २०८० जेठ मसान्तसम्म निर्माण गरिसक्ने सम्झौता छ ।

जनजाती सङ्ग्रहालय गाउँपालिकाको विशेष योजना हो । साँस्कृतिक सङ्ग्रहालय तत्कालिन गण्डकी प्रदेश सांसद पियारी थापाको विशेष पहलमा निर्माण थालिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

लोकप्रिय

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

दोस्रो आदर्श कपको सेमिफाइनल समिकरण पूरा

कक्षा १२ को नतिजा सार्वजनिक

लेखक रोहिणी राणाको पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक

भर्खरै

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki