Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा बेमौसमी विपतबाट ७५ जनाको मृत्यु, १६ जना बेपत्ता

bk logo final png
  • BAGLUNGKHABAR
  • ४ बैशाख २०८०, सोमबार १३:३७

बागलुङ, ४ वैशाख । बागलुङमा बेमौसमी विपतबाट १५ वर्षमा ७५ जनाको मृत्यु भएको छ । विगत पन्ध्र वर्ष यताको बाढी पहिरोको तथ्याङ्क हेर्दा वि.स. २०६४ सालदेखि ०७९ सालसम्म बागलुङमा पहिरोमा परी ७५ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय बागलुङले बेपत्ता नागरिकको परिवारलाई मृतकसरह राहत रकम प्रदान गरेको छ ।

भौगोलिक बनावटको आधारमा हेर्दा बागलुङको अधिकांश भूभाग पहाड तथा भिरालो प्रकारको छ । जसले गर्दा वर्षायामको समयमा अधिकांश स्थानीय तहका वडा तहमा पहिरो जाने गरेको छ । बर्सेनि पहिरोको कारणले धनजनको क्षति हुने गरेको विगतको तथ्याङ्कले पुष्टि गर्दछ ।

पन्ध्र वर्षको अवधिमा पहिरोबाट सबैभन्दा बढी ढोरपाटन नगरपालिका र बढिगाड गाउँपालिका क्षेत्रमा मानवीय क्षति भएको छ । हालको बढिगाड गाउँपालिकामा पर्ने साबिकको ग्वाली चौरमा  वि.स २०६४ सालमा गएको पहिरोमा परी २९ जनाको ज्यान गएमा थिए । पहिरोमा बेपत्ता भएका नागरिकलाई पनि मृतकमै गणना गर्ने हो भने ढोरपाटन नगरपालिका –९ मा वि.सं. २०७७ सालमा गएको पहिरोले जिल्लामा अहिलेसम्मकै सबै भन्दा ठूलो मानवीय क्षति गरेको छ । उक्त पहिरोमा परी २३ जनाको मृत्यु भएको थियो । १५ जना बेपत्ता छन् । बेपत्तालाई मृतकका सूचीमा राख्ने हो भने पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुग्छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनुभयो । जिल्लामा हरेक वर्ष हुने मनसुनजन्य प्रकोपबाट मानवीय क्षति भएकै छ । वि.सं २०७५ साल असार ११ गते बरेङ गाउँपालिका –१ धुल्लुबासकोटको हिरोमा २ जना, ०७५ साउन ३० गते निसीखोला गाउँपालिका –३ मा पहिरो गई घर पुरिदा ३ जनाको मृत्यु भएको थियो ।

मनसुन आपतकालीन योजनामा समावेश तथ्याङ्क अनुसार ०७६ साउन ७ गते गल्कोट नगरपालिका –८ ज्यामिरेको पहिरोमा  १ जना, ०७६ साउन २० गते तमानखोला गाउँपालिका ४ लामेला शिवपुरीमा पहिरो गई ३ जनाको मृत्यु भएको उल्लेख छ । जिल्लाको काठे खोला गाउँपालिका ४ मा ०७७ असार ६ गते पहिरो गई एक,  ०७७ साउन १० बागलुङ नगरपालिका –१ मा आएको पहिरोले पुरिएर १ जनाको मृत्यु र एक बेपत्ता भएका थिए ।

निसीखोला गाउँपालिका –१ मा ०७७ साउन १२ गतेको पहिरोले एक जना सोही दिने तमानखोला गाउँपालिका –२ मा आएको पहिरोमा परी दुई जना, ०७७ साउन ३० गते निसीखोला गाउँपालिका –३ का एक जना र निसीखोला गाउँपालिका –५ का २ जनाको मृत्यु भएको थियो ।

ढोरपाटन नगरपालिका –२ मा ०७७ भदौ ९ मा एक, ढोरपाटन नगरपालिका –१० मा भदौ १६ गते आएको बाढी पहिरोले एकको मृत्यु भएको थियो ।   वि.सं ०७७ कै भदौ २७ मा बढिगाड गाउँपालिका –१० मा एक जना, भदौ २८ र २९ गतेको पहिरोमा परी जैमिनी नगरपालिका –२ मा दुई जना र वडा –५ मा एक जनाको मृत्यु भएको थियो ।

समग्रमा ०७७ सालमा बागलुङ जिल्लामा ४० जनाको बाढी पहिरो चट्याङबाट मृत्यु भएको, १६ जना बाढी पहिरोमा बेपत्ता भएको थिए । ०७८ असारमा परेको वर्षाका कारण बागलुङ–कुश्मीसेरा सडकको गलुवा खण्डमा पहिरोबाट क्षतिग्रस्त सडक साउन तीन गतेबाट सुचारु गरिएको थियो ।  गत वर्षको असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण जिल्लाभरिका तीन हजार पाँच सय कृषकको ४१० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा प्रभाव पारेको थियो । ४१ जना कृषकका १०४ रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रूपमा क्षति भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki