Skip to content

follow us

baglungkhabar.tv

24th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नाग्लीबाङमा भीषण आगलागी

bk logo final png
  • BAGLUNGKHABAR
  • २७ चैत्र २०७९, सोमबार ०८:४४

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत २७ गते । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीबाङको वन क्षेत्रमा भीषण आगलागी भएको छ । यो क्षेत्र म्यादी जिल्लाको सीमा क्षेत्र पनि पर्छ । आइतबार दिउँसोदेखि वन क्षेत्रमा फैलिएको आगलागीले ठूलो उग्ररुप लिएको छ । वन क्षेत्रमा फैलिएको आगलागीले मानव वस्तीमा समेत जोखिम बढाएको छ ।

कुस्मा नगरपालिका १ पाङको वन क्षेत्रबाट सुरु भएको आगलागी नाग्लीवाङको वन क्षेत्रमा आइतबार दिउँसोदेखि प्रवेश गरेको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो ।

उहाँलेआगलागीबाट नाग्लीवाङको मसुरवारी, काउले, गिठीनी, मालरानी हुँदै लक्ष्मी नारायण सामुदायिक वनमा आगलागी भएको जानकारी दिनुभयो । आगलागी वडा नम्बर ९ स्थित बनौं हुँदै ७ धाइरिङ सम्म फैलिन सक्ने जोखीम रहेको उहाँले बताउनुभयो ।

घना जंगल र भीर भएकाले आगलागी नियन्त्रणको प्रयास सफल हुन नसकेको वडाध्यक्ष जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगलागी नियन्त्रण गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मानव वस्ती नजिक भएकाले आगलागी बढ्दै गए जोखम निम्तिन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

लोकप्रिय

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki