Skip to content

follow us

baglungkhabar.tv

13th July 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मातृ मृत्युदरको वास्तविक स्वरूप

bk logo final png
  • BAGLUNGKHABAR
  • २३ चैत्र २०७९, बिहीबार ०८:०१

काठमाडौं, २३ चैत । नेपालमा यसअघिका तथ्याङ्कले देखाएभन्दा निकै नै कम मातृ मृत्युदर रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो ।

नयाँ तथ्याङ्कअनुसार मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १५१ जना रहेको छ । यो पनि उच्च मृत्युदर नै मानिन्छ । नेपालले दिगो विकासको लक्ष्य भेट्न मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ७० भन्दा कम गर्नुपर्छ ।

यसअघिका जनगणना र सर्वेक्षणले भने यो दर अहिलेभन्दा निकै बढी देखाएका थिए । २०६८ को जनगणनाले नेपालमा प्रतिएक लाख महिलामध्ये चार सयको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको देखाएको थियो ।

त्यसको विश्लेषणमा विविधीकरण नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नमुना छनोटका आधारमा २८ जना महिलाको मृत्युदरको घटनालाई आधार मानेर छुट्टै सर्वेक्षण गरी कुल एक लाख महिलामा २३९ मातृ मृत्युदरको अनुपात देखाएको थियो ।

यस्तो अन्योल हटाउन यस पटक भने दोहोरो विधि अपनाइएको थियो । राष्ट्रिय जनगणनाका गणकले घरधुरीमा मातृ मृत्युको घटना पत्ता लगाएपछि स्वास्थ्यकर्मीको अर्को टोली पुगेर समग्र अध्ययन गरेको थियो । त्यस क्रममा गणकबाहेक झन्डै एक हजार स्वास्थ्यकर्मीले मातृ मृत्युदरसँग सम्बन्धित विवरण सङ्कलन गरेका थिए ।

यसका लागि २०७७ मङ्सिर १० देखि २०७८ मङ्सिर ९ सम्मका मातृ मृत्युदरको घटनालाई आधार मानिएको थियो । त्यस अवधिमा भएका कुल ६५३ वटा मातृ मृत्युका घटनामा पनि गर्भावस्थासँग सम्बन्धित मातृ मृत्युका घटना भनेर ६२२ पत्ता लगाइयो । सोही आधारमा ती घरधुरी पत्ता लगाएर मातृ मृत्युदरका विविध विवरण सङ्कलन भएको हो ।

यस विधिबाट मातृ मृत्युदर पत्ता लगाइएको विश्वमा नै पहिलो पटक भएको दाबी गरिएको छ । नेपालको जनगणनाको ११० वर्षको इतिहासमा यसअघि यसरी समन्वयात्मक अध्ययन भएको थिएन ।

मातृ मृत्युदरका कारक तत्वमा गैरप्रसूतिजन्य जटिलता, प्रसूतिका बेला उच्च रक्तस्राव, उच्च रक्तचापजन्य समस्या, गर्भावस्थासँग सम्बन्धित सङ्क्रमण, आत्महत्या, गर्भपतन, शल्यक्रियाका क्रममा एनेस्थेसिया व्यवस्थापनमा समस्या र अन्य कारण छन् ।

गोरखापत्र दैनिकमा समाचार छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

लोकप्रिय

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

दोस्रो आदर्श कपको सेमिफाइनल समिकरण पूरा

कक्षा १२ को नतिजा सार्वजनिक

लेखक रोहिणी राणाको पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक

भर्खरै

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki