Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मुख नहुँदा पनि वनस्पतिले आवाज निकाल्ने

bk logo final png
  • BAGLUNGKHABAR
  • २३ चैत्र २०७९, बिहीबार ०७:४२

काठमाण्डौं, २३ चैत । हामी आफ्ना असन्तोष कैयन् हिसाबले आवाजमा व्यक्त गर्छौं । त्यस्तो अवस्थामा हामी फतफताउँछौं, गनगन गर्छौं, रोइकराइ गर्छौं। यही कारणले आफ्ना गुनासाहरू पोख्न कम्तीमा मुख चाहिन्छ भन्ने हाम्रो धारणा रहिआएको छ। तर यस प्रकारको प्रतिक्रिया दिन मुख नै चाहिन्छ भन्ने कुरा सही नभएको एक अध्ययनले देखाएको छ। वैज्ञानिकहरूले हालै गरेका अध्ययनहरूले मुख नहुँदा पनि वनस्पतिले यसप्रकारको आवाज निकाल्ने गरेको देखिएको छ। अध्ययनका क्रममा वैज्ञानिकहरूले तिर्खा र चोट लागेको अवस्थामा विभिन्न वनस्पतिले निकाल्ने ध्वनिलाई रेकर्डसमेत गरेका छन्। 

तनावमा रहेका वनस्पतिले केही फिट परसम्म सुन्न सकिने आवाज निकाल्ने र संकटको प्रकृतिअनुसार यसप्रकारको आवाज फरक हुने अध्ययनमा पाइएको छ। विश्वप्रसिद्ध साइन्स जर्नल सेलमा यससम्बन्धी गरिएको अध्ययनको नतिजा गत बिहीबार प्रकाशित भएको छ।

अनुसन्धानकर्ताले तनावको अवस्थामा वनस्पतिको नसा प्रणाली (भास्कुलर सिस्टम) भित्र रहेको खाली ठाउँ (क्याभिटेसन) भित्र पानीका ससाना फोका फुट्ने र यसले सूक्ष्म खाले आघात तरंग सिर्जना गर्ने आकलन गरेका छन्। ‘वनस्पतिले निकाल्ने यस प्रकारको आवाजका लागि नसा प्रणालीभित्रको क्याभिटेसन नै सबैभन्दा ठुलो सम्भावित कारण हुन सक्छ,’ इजरायलस्थित तेलअभिब विश्वविद्यालयका जीवशास्त्री डा. लिलाच हडानी भन्छिन्। माहुरी भुनभुनाएझैं लगातार आवाज दिने अन्य जीवहरूसँग वनस्पतिले अन्तक्र्रिया गर्ने र यसो गर्दा उनीहरूले भोलाटायल्स नामक रासायनिक पदार्थ निकाल्ने गर्छन्। तर वनस्पतिले सुन्न सकिने गरेर निकाल्ने आवाजको विषयमा यसअघि कुनै सन्दर्भ सामग्री नभएकाले यो खुला शोधको विषय रहेको डा. हडानीको तर्क छ।

तेलअभिबमा चमेरोले निकाल्ने आवाजका विषयमा अनुसन्धान गरिरहेकी अर्की अनुसन्धानकर्ता योसी योभेलसँग मिलेर हडानीले संयुक्त रूपमा गोलभेडा र सुर्तीका बिरुवाले निकाल्ने आवाजमा अध्ययन केन्द्रित गरेका थिए। यी दुवै वनस्पति सजिलै हुर्काउन सकिने र यिनका वंशाणुबारे यसअघि धेरै अध्ययन भइसकेकाले उनीहरूले यी वनस्पति रोजेका थिए।

अनुसन्धानका क्रममा काठले बनाइएको साउन्ड प्रुफ बाकसमा यी वनस्पतिलाई राखिएको थियो। सानो आवाजमा गरिने कानेखुसीदेखि लिएर कवितात्मक लयका चर्काे आवाज रेकर्ड गर्न सक्ने गरी यी वनस्पतिको डाँठ (डन्ठी) तर्फ फर्काएर दुईवटा माइक्रोफोन राखिएको थियो। अनुसन्धानकर्ताले यी वनस्पतिले सामान्य आवाज मात्र होइन, कुनै हिंस्रक जन्तुले आक्रमण गर्दाको अवस्थामा जीवले निकाल्ने आवाजजस्तै गरी तिर्खा लागेको र डाँठ काटिएको अवस्थामा जोडतोडपूर्ण आवाज निकाल्ने पत्ता लगाएका छन्। यसैगरी ग्रिनहाउसभित्र हुर्काइएका वनस्पतिले पनि समान प्रकृतिका आवाज निकाल्ने गरेको अनुसन्धानकर्ताले पत्ता लगाएका छन्। उनीहरूले अंगुर र गहुँजस्ता हरिया वनस्पतिले आवाज निकाल्ने गरेको पनि पत्ता लगाएका छन्।

यसैगरी अनुसन्धानकर्ताले वनस्पतिले निकाल्ने आवाज अनियमित नभई तनावको प्रकृतिअनुसार फरकफरक हुने पनि निष्कर्ष निकालेका छन्। कुनै मेसिन लर्निङ प्रोग्राममार्फत यी आवाजको समीक्षा गरियो भने बिरुवाले तिर्खाएको अथवा शिरच्छेदन भएकोमध्ये कुन कारणले आवाज निकालेको हो पत्ता लाग्न सक्ने अनुसन्धानकर्ताको दाबी छ। यो नतिजा ७० प्रतिशतसम्म सही हुन सक्ने उनीहरूको आकलन छ।

उक्त अध्ययनमा सहभागी नभएका क्यालिफोर्निया विश्वविद्यालयका इकोलोजिस्ट रिचार्ड कार्बन पनि यो अध्ययनले वनस्पतिले फरकफरक प्रकृतिका आवाज निकाल्छन् भन्ने तथ्य उजागर गरेको ठान्छन्। ‘अध्ययन नजिताले यो फिल्डमा गरिने अध्ययनलाई अगाडि बढाउन सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ,’ उनी भन्छन्। यस्ता अप्रसन्न वनस्पतिले निकाल्ने आवाज मानिसले सजिलै सुन्न सक्दैनन्। अत्यन्त तीक्ष्ण यस्ता आवाजलाई अनुसन्धानकर्ताले प्रशोधन गरेपछि मात्र सुन्न सकिने हुन्छ। तर मुसा र रातमा उड्ने पुतलीहरू (मोथ) ले यस्ता आवाज सुन्न सक्छन्। मकै भुट्दा निस्कने आवाज (पपिङ साउन्ड) जस्तै गरी वनस्पतिले निकाल्ने यस प्रकारको आवाज १६ फिट टाढासम्म सुन्न सकिने भएकाले छिमेकमा रहेका अन्य वनस्पतिले यी आवाज सुन्न सक्छन् अथवा सक्दैनन् भन्ने विषयमा भने अझै निक्र्योल भइसकेको छैन र अनुसन्धानकर्ताका लागि यो महत्वपूर्ण र रोचक प्रश्न बनेको छ।

डा. हडानी र उनको टिमले सन् २०१९ मा प्रकाशित गरेको एक अध्ययनले केही फूलले जीवहरू परागसेचन आउन लागेको थाहा पाएपछि झन् धेरै पराग (नेक्टर) बनाउने देखाएको थियो। पछिल्लो अध्ययनले तनावमा रहेका वनस्पतिले निकाल्ने आवाजलाई अन्य वनस्पति अथवा जीवले सुन्न सक्छन् अथवा सक्दैनन भन्ने विषयमा थप अध्ययनका लागि बाटो खुलेको छ। (न्युयोर्क टाइम्समा प्रकाशित)

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki