बागलुङ, १९ चैत । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा दर्ता भएका दश वटा विद्यार्थी संगठनबीच सर्वपक्षीय सहमतिले शनिबार नेविसंघका सुदिप सागर कंडेलको नेतृत्वमा १९ सदस्यीय स्ववियू कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नेविसंघका दिपक सुवेदी, सचिवमा अनेरास्ववियुका अनिल शर्मा, सहायक सचिवमा अनेरास्ववियु (क्रान्तिकारीं)का खिमानन्द कंडेल र कोषाध्यक्षमा नेविसंघका सृष्टि आचार्य चयन भएका छन् ।
त्यस्तै सदस्य प्रत्यक्ष तर्फ नेविसंघका कृष्ण बहादुर अठारे, सुनिल गौतम, विशाल थापा, मनोज पौडेल, गणेश प्रसाद आचार्य र सचिन हरिजन, अनेरास्ववियू ९छैठौं०का नगेन्द्र थापा र अनेरास्ववियूका सुनिल पौडेल चयन भएका छन् । यस्तै सदस्य समानुपातिक तर्फ अनेरास्ववियुका अस्मिन शेख, नेविसंघका रुपादेवी रोका, अनेरास्ववियू (छैठौं)का रेखा शर्मा, अनेरास्ववियूका तस्लिमा मियाँ, अनेरास्ववियु –क्रान्तिकारी बहुमतका दिवस खड्का र अनेरास्ववियु (क्रान्तिकारी) विप्लपका सुधन विक चयन भएका छन् ।
धवलागिरि बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरु बीच विवाद हुँदा चैत ५ गते निर्वाचन हुनसकेको थिएन । क्याम्पस प्रशासनले चैत ५ गते निर्वाचन गराउन नसकेपछि पुनः निर्वाचनको लागि चैत १८को समय तोकेको थियो ।