Skip to content

follow us

baglungkhabar.tv

25th September 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड

  • BAGLUNGKHABRAR
  • १५ चैत्र २०७९, बुधबार १५:४४

बागलुङ, १५ चैत । चैते दशैंको अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा बुधबार दर्शनार्थीको भीड लागेको छ ।

चैते दशैंको दिन (आज) विहानै देखि मन्दिरमा दर्शनार्थीको भीड लागेको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । चैते दशैंको अवसरमा छिमेकी मुलुक भारतसहित, देशैभरका विभिन्न क्षेत्रबाट समेत मन्दिरमा दर्शनार्थी आएको अध्यक्ष खड्काले बताए । उनले चैत्राष्टमीमा भक्तजनहरुको पूजाअर्चनाका लागि मन्दिरका ३ वटै ढोका खुल्ला गरिएको बताए ।

मन्दिरमा भक्तजनहरुको भिड लागेपछि व्यवस्थापन चुस्त पारिएको अध्यक्ष खड्काले बताए । ‘चैत्राष्टमीमा हरेक वर्ष मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ,’ अध्यक्ष खड्काले भने,‘अघिपछि १ वटा ढोकाबाट मात्र पुजाअर्चना गर्ने गरिएपनि चैत्राष्टमीमा तीन वटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।’ मन्दिरमा भक्तजनहरुको सुरक्षा र व्यवस्थापनको लागि ३५ जना भन्दा बढी कर्मचारी खटाइएको छ ।

कालिका मन्दिरमा पछिल्लो समय १०, १५ प्रतिशत भारतीय भक्तजनहरु बृद्धि भएको अध्यक्ष खड्काले बताए । कालिमा मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ ।

गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिकामा पुजाअर्चना गर्नाले मनोकांक्षा पुरा हुने विश्वासका साथ देशभरका हिन्दु धर्मावलम्बीहरु मन्दिरमा आउने गर्दछन् ।

चैत्राष्टमीको अवसमार गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको आयोजना गरेको छ । मेला १७ गतेसम्म चल्नेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

आफैले थापेको जालमा परेर एक जनाको ज्यान गयो

ताराखोलाको होमस्टेमा जैविक खानाको स्वाद !

भर्खरै

गुराँस विद्या सदन बागलुङका साना विद्यार्थीहरुको सुन्दर नृत्य

भारतसँग पाकिस्तान ठूलो रन अन्तरले पराजित

संविधान सभा अध्यक्ष नेम्बाङको हृदयाघातबाट निधन

ताराखोलामा परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki