Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड

bk logo final png
  • BAGLUNGKHABRAR
  • १५ चैत्र २०७९, बुधबार १५:४४

बागलुङ, १५ चैत । चैते दशैंको अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा बुधबार दर्शनार्थीको भीड लागेको छ ।

चैते दशैंको दिन (आज) विहानै देखि मन्दिरमा दर्शनार्थीको भीड लागेको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । चैते दशैंको अवसरमा छिमेकी मुलुक भारतसहित, देशैभरका विभिन्न क्षेत्रबाट समेत मन्दिरमा दर्शनार्थी आएको अध्यक्ष खड्काले बताए । उनले चैत्राष्टमीमा भक्तजनहरुको पूजाअर्चनाका लागि मन्दिरका ३ वटै ढोका खुल्ला गरिएको बताए ।

मन्दिरमा भक्तजनहरुको भिड लागेपछि व्यवस्थापन चुस्त पारिएको अध्यक्ष खड्काले बताए । ‘चैत्राष्टमीमा हरेक वर्ष मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ,’ अध्यक्ष खड्काले भने,‘अघिपछि १ वटा ढोकाबाट मात्र पुजाअर्चना गर्ने गरिएपनि चैत्राष्टमीमा तीन वटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।’ मन्दिरमा भक्तजनहरुको सुरक्षा र व्यवस्थापनको लागि ३५ जना भन्दा बढी कर्मचारी खटाइएको छ ।

कालिका मन्दिरमा पछिल्लो समय १०, १५ प्रतिशत भारतीय भक्तजनहरु बृद्धि भएको अध्यक्ष खड्काले बताए । कालिमा मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ ।

गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिकामा पुजाअर्चना गर्नाले मनोकांक्षा पुरा हुने विश्वासका साथ देशभरका हिन्दु धर्मावलम्बीहरु मन्दिरमा आउने गर्दछन् ।

चैत्राष्टमीको अवसमार गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको आयोजना गरेको छ । मेला १७ गतेसम्म चल्नेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki