Skip to content

follow us

baglungkhabar.tv

17th May 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सहकारी संघ बागलुङद्वारा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

bk logo final png
  • BAGLUNGKHABAR
  • ९ चैत्र २०७९, बिहीबार १७:०६

बागलुङ, ९ चैत ।बागलुङमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकको आव्हान तथा सहकारी विभागको निर्देशन अनुसार ग्लोवल मनी विक–२०२३ अन्तरगत जिल्ला सहकारी संघ लिमिटेड बागलुङले बिहिबार उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहकारीकर्मीहरुले सहकारीका सबै सदस्यहरुकाबीच वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सहकारीकर्मीहरुले विपन्न वर्गका शेयर सदस्यहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सहकारीहरुले आयआर्जनका लागि सीप मुलक कार्यक्रमहरु सञ्चालन गर्ने, सचेतना प्रदान गर्नुका साथै आयआर्जन भएको रकमलाई कम खर्च गरी वचत गर्ने बानीको विकास गर्नका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरिने बताए ।

कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरुले आफ्ना सदस्यहरुलाई दिर्घकालिन खालका वचत अभियानका बारेमा प्रोत्साहन गर्नु पर्नेमा जोड दिए । उनले सहकारीका सदस्यहरुसंगै युवा तथा विद्यार्थीहरुका लागि वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरी आम्दानी बढाउन, स्वस्थकर खानेकुुरा खान तथा आम्दानी गरेको रकमको निश्चित अंश दिर्घकालिन खालका वचत कार्यक्रममा सञ्चित गर्न सिकाउन आव्हान गरेका थिए ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतम, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवरले सहकारीको दिगोपना र सदस्यहरुको सक्रिय सहभागिता र आर्थिक उन्नतीका लागि सहकारी संघ संस्थाहरुले वित्तीय साक्षरता अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिए ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसीको अध्यक्षता, उपाध्यक्ष पिंगला खड्का जिसीको स्वागत र सचिव तेजप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

लोकप्रिय

आजको राशिफल

नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

भर्खरै
लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki