Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सहकारी संघ बागलुङद्वारा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

bk logo final png
  • BAGLUNGKHABAR
  • ९ चैत्र २०७९, बिहीबार १७:०६

बागलुङ, ९ चैत ।बागलुङमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकको आव्हान तथा सहकारी विभागको निर्देशन अनुसार ग्लोवल मनी विक–२०२३ अन्तरगत जिल्ला सहकारी संघ लिमिटेड बागलुङले बिहिबार उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहकारीकर्मीहरुले सहकारीका सबै सदस्यहरुकाबीच वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सहकारीकर्मीहरुले विपन्न वर्गका शेयर सदस्यहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सहकारीहरुले आयआर्जनका लागि सीप मुलक कार्यक्रमहरु सञ्चालन गर्ने, सचेतना प्रदान गर्नुका साथै आयआर्जन भएको रकमलाई कम खर्च गरी वचत गर्ने बानीको विकास गर्नका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरिने बताए ।

कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरुले आफ्ना सदस्यहरुलाई दिर्घकालिन खालका वचत अभियानका बारेमा प्रोत्साहन गर्नु पर्नेमा जोड दिए । उनले सहकारीका सदस्यहरुसंगै युवा तथा विद्यार्थीहरुका लागि वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरी आम्दानी बढाउन, स्वस्थकर खानेकुुरा खान तथा आम्दानी गरेको रकमको निश्चित अंश दिर्घकालिन खालका वचत कार्यक्रममा सञ्चित गर्न सिकाउन आव्हान गरेका थिए ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतम, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवरले सहकारीको दिगोपना र सदस्यहरुको सक्रिय सहभागिता र आर्थिक उन्नतीका लागि सहकारी संघ संस्थाहरुले वित्तीय साक्षरता अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिए ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसीको अध्यक्षता, उपाध्यक्ष पिंगला खड्का जिसीको स्वागत र सचिव तेजप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki