Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बर्दियामा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु

bk logo final png
  • BAGLUNGKHABAR
  • ६ चैत्र २०७९, सोमबार १८:५४

गुलरिया, ६ चैत । बर्दियामा बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका ५ स्थित चिरौटे सामुदायिक वनमा दाउरा खोज्न गएका दुवैको शव भेटिएको हो।

बाघको आक्रमणबाट मधुवन नगरपालिका ५ की ५५ वर्षीया समुन्द्री बुढाक्षेत्री र ५० वर्षीया धनसरी गुरुङ मृत्यु भएको डिभिजनल वन कार्यालय बर्दियाका अधिकृत एवम् सूचना अधिकारी द्रोणराज शर्माले पुष्टि गरे।

दुवै शव पोष्ट मार्टमका लागि बर्दिया अस्पताल पठाएका छौं, उनले भने, दिउँसोको समयमा जंगल पुगेका उनीहरू धेरैबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा शव भेटिएको हो। घटनास्थल वरपर बाघको खोजी गर्दैछौं।

भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविक मार्गमा अवस्थित सामुदायिक वनमा घटना भएको हो। सो क्षेत्रमा पटक पटक बाघले आक्रमण गर्दै आएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए।

निकुञ्ज, वन कार्यालय, एनटीएनसी लगायत सामुदायिक वनहरूको सहकार्यमा बाघ अनुगमनका लागि अटोमेटिक क्यामेरा पनि जडान भएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki