बागलुङ, ५ चैत। बागलुङमा आईतबार बिहान पीकअप जीप दुर्घटना भएको छ ।
बागलुङ नगरपालिका वडा न.११ रायडाँडाको तिलहारमा आईतबार बिहान पीकअप जीप दुर्घटना हुँदा जीपमा पूर्ण रुपमा क्षति भएको छ ।
रायडाँडादेखि बागलुङ बजार तर्फ आउन लागेको ध १ ज ५७७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा पूर्ण रुपमा क्षति भएको हो । यात्रुहरु नभएको कारण मानवीय क्षति भने नभएको जीपका धनी बल बहादुर थापाले बताए ।
जीपको ब्रेक फेल हुँदा सडकदेखि करिब ३ सय मिटर तल खसेको थापाले बताए । ओरालोमा ब्रेक फेल भएर गाडी तल बग्न थालेपछि चालक भने हाम फालेर बाच्न सफल भएका थिए ।
जीपको कुनै पनि भाग काम नलाग्ने अवस्थामा पुगेको छ ।