Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भीमापोखरामा गुहेँली सञ्चार सहकारीको सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

bk logo final png
  • BAGLUNGKHABAR
  • ५ चैत्र २०७९, आईतवार ०८:०५

बागलुङ, ५ चैत । गुहेँली यूनिक सञ्चार सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम काठेखोला २ भीमापोखरामा सम्पन्न भएको छ । शुक्रबार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा रहेको आफ्नो मुख्य कार्यालयमा सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सहकारीको वास्तविक अबस्थाका बिषयमा शेयर सदस्यहरुलाई जानकारी गराउने, बित्तिय साक्षरता सञ्चालन गर्ने र शेयर सदस्यहरुलाई सहकारीप्रति जिम्मेबार बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको सहकारीका अध्यक्ष खिमबहादुर कार्कीले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहजिकरण गरेका थिए । जिसीले बचत गर्ने बानीको बिकास गर्न शेयर सदस्यहरुलाई आग्रह गरे । सहकारीको मेरुदण्ड शेयर सदस्यनै भएको भन्दै जिसीले सहकारी कस्तो बनाउने जिम्मेबारी समेत सदस्यहरुमा निहित हुने बताए ।

कार्यक्रमको उदघाटन गर्दै काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष बिद्यापति शर्माले सहकारी संस्थाहरुलाई उत्पादनमा जोडिन र शेयर सदस्यहरुलाई सहकारीमा जोडिन आग्रह गरेका थिए ।

कार्यक्रममा सहकारीका सल्लाहकारहरु पत्रकार हरिनारायण गौतम, सहकारी अभियान्त दिपक गौतम र शिक्षक चन्द्रमणि उपाध्याय लगायतले सहकारीको महत्व र शेयर सदस्यको जिम्मेवारीका बारेमा बोलेका थिए । संस्थाका प्रबन्धक प्रसाद थापाले संस्थाको गतिविधि, आगामी कार्ययोजना र शेयर सदस्यको भूमिकाको वारेमा जानकारी गराएका थिए ।

खिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहकारीका कोषाध्यक्ष गिता हमालले र सञ्चालन सचिव सूर्यबहादुर थापाले गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki